दमक, ६ असोज–झापाको दमक–६ लिङदेन मार्गमा सञ्चालित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्वको लागि भोली (बिहिबार) १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न हुदैछ । दमक–८ कस्मिक पार्टी प्यालेसमा हुने बार्षिक साधारणसभा तथा अधिवेसनमा दुई प्यानलसहित अधिवेसन (निर्वाचन) मा नेतृत्व लिने कसरत गरिरहेका छन् ।
संस्थाका निर्वतमान अध्यक्ष सकल्प लिङदेन र उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले संहकारी संस्थामा आ-आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ । लिङदेनले अध्यक्षसहित सञ्चालक समिति र लेखा समितिको टीम बनाएर निर्वाचनमा प्रचार प्रसारमा जुटेका छन् । त्यस्तैं, संस्थाका उपाध्यक्ष चाम्लिङले अध्यक्ष पदमा र सचिव पदमा जीतेन लिम्बूले उम्मेद्वारी सहित दुई पदमा नेतृत्व लिने कसरत गर्दैछन् ।
अध्यक्ष पदका उम्मेद्वार लिङदेन सहित सचिव पदका उम्मेद्वार दिलिप जबेगुले संस्थाको सञ्चालक समितिमा रहेको समयमा आर्थिक अनयमिता गरेका घट्ना अहिले पनि चर्चा भइरहेको छ । अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार महेन्द्र चाम्लिङ राईले सहकारी संस्थाको स्थापनाकालदेखि संस्थागत विकास, गतिशिलता र प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सहकारी संस्थाको संस्थागत सुशासन र दिगो विकासका निम्ति निरन्तर जुटिरहेका चाम्लिङले यसपटक अध्यक्ष पदमा शेयर सदस्यहरुले मतदान गरेर बिजय गराउनेमा ढुक्क छन् ।
स्पष्टबक्ता, शालिन र निडर स्वभाव, मृद्धभाषी चाम्लिङले फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको संस्थागत सुशासन र पारदर्शिताप्रति सञ्चालक समितिलाई चेतावनी र शेयर सदस्यहरुलाई सचेत गराउदै आएका छन् । चाम्लिङका अनुसार संंस्थाको बिगतको कार्यकालमा आर्थिक व्यवस्थापन, सुशासन र पारदर्शितामा प्रश्न उठाउदै आएपनि त्यसविषयमा संस्था गम्भिर बन्न नसकेको हो ।
चाम्लिङले सहकारी संस्थाका अध्यक्ष सकल्प लिङदेन र सचिव दिलिप जबेगुले २०७७ मा दशै पेश्की स्वरुप आर्थिक अनयमिता गरेको बताउनुभयो । संस्थाको निर्णय बिनै स्वेच्छाकारी तवरले अध्यक्षले दशै पेश्की वापत रु ३९ हजार र सचिवले रु ४१ हजार लिएको, अध्यक्ष पदका उम्मेद्वार चाम्लिङले जानकारी दिनुभयो । त्यस्तैं, सचिव दिलिप लिम्बूले २०७७।०७८ मा सहकारी एैनमा हुदै नभएको स्वेच्छाचारी रुपले मासिक तलब ३५ हजार खाइपाई गरेका छन् ।
लिङदेन र जबेगु उम्मेद्वारी छन् । लिङदेन र जबेगुले सहकारी ऐन तथा नियमावलीलाई समेत लत्याएर नौ जना रहने सञ्चालक समितिलाई ११ जना रहने सञ्चालक समिति बनाएका छन् । सहकारी संस्थाको मापदण्ड र बिनियम विपरित गरिएको मनोमानीका बारेमा चाम्लिङले संस्थाभित्र पटक-पटक बहस गरेको बताउनुभयो ।
चाम्लिङले हालको लिङदेन र जबेगुसहितको टीमका उम्मेद्वारहरु यसअघि पनि सञ्चालक समितिमा रहेर काम गरिसक्नुभएको छ । उक्त समितिले यसअघि सहकारी संस्थालाई क्षति हुनेगरी ल्याइएका पुँजी सम्बन्धीका व्यवस्थामा सचेत गराएको बताउनुभयो । चाम्लिङले अध्यक्ष पदका उम्मेद्वार लिङदेनले संस्थाको हित र रक्षा गर्नतर्फ नभएर क्षति गर्न मात्रै लागिरहेको बताउनुभयो । लिङदेनजीले शेयर वापत रकम थप गर्न लगाएपनि सो कार्य गर्नुभएन, चाम्लिङले भने ।
संस्थाका अध्यक्ष लिङदेन र सचिव जबेगुबाट आर्थिक अनयमिता गरेपछि कार्वाही गर्नुपर्ने र उपाध्यक्षलाई अध्यक्ष बनाइनुपर्ने प्रावधानलाई वेबास्ता गरेको छ । त्यस्तै, फाल्गुनन्द साकोसको झिलझिले र बिर्तामोड गरी दुई स्थानमा सेवा केन्द्र स्थापना गरेको छ । सेवा केन्द्र स्थापना गर्नुअघि केन्द्रीय कार्यालयलाई व्यवस्थित गरिनुपर्ने पटक पटक संस्थाभित्र माग गर्दासम्म व्याक्तिगत चाहाना पुरा गर्न लिङदेन समुहले सेवा केन्द्र सञ्चालनमा ल्याएको समेत चाम्लिङले बताए ।
