दमक, ६ असोज–पुर्व प्रधानमन्त्री एबम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिको गृह नगर झापाको दमकमा एउटा सिंगो गाउँ नेकपा एमाले छाडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ। झापाको दमक–९ का करिब १ सय बढी ब्याक्तीहरु माओवादी प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई माओवादी केन्द्र प्रदेश सदस्य गगन पुरी, जिल्ला कमिटी सदस्य दुर्गा चौलागाईं, जिल्ला सदस्य भुमिका कोइराला, नगर इन्चार्ज बेदु गौतम, नगर सचिब शंखर बस्नेत, नगर सदस्य दिपक कुमार फुयाल, शान्तिराम भट्टराई, कैलाश पौडेल, मनोज घोर्साइ, कल्पना तामाङ लगायतले अबिर मालासहित स्वागत गरेका थिए।

एमाले र काङ्ग्रेसले जनतालाई धोका दिँदै आएको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बेला आफुहरुलाइ धेरै आश्वासन दिए पनि निर्वाचन पश्चात बेवास्ता गर्दै निर्वाचन अगाडी गरेका प्रतिबद्धता पूरा नगरेको र आश्वासन मात्र दिने गरेकाले सामूहिक रूपमा माओवादीमा प्रवेश गरेको बताए।

सोही अवसरमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एवं स्वतन्त्र रुपमा रहेका युवाहरूको पनि माओवादीमा प्रवेश गर्नेको लर्को लागेको थियो।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी प्रदेश १ सदस्य गगन पुरीले यस क्षेत्रमा रहेको समस्याहरुलाई आफ्नै समस्याको रुपमा लिएको बताए । यस क्षेत्रमा रहेका धेरै समस्याहरुको समाधान गर्न आफू सदैव लागि पर्ने उनले बताए । उनले राजनीतिक खिचातानी र आपसी कलहमा व्यस्त रहेका एमाले र कांग्रेसले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरे । माओवादी पार्टीलाई दर्बिलो शक्तिको रूपमा स्थापित गर्ने जिम्मा कार्यकर्ताको काधमा रहेको बताउदै आगामी चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नगर कमिटी सदस्य दिपक कुमार फुयाल, जिल्ला कमिटी सदस्य भुमिका कोइराला , जिल्ला सचिवालय सदस्य दुर्गा चौलागाईंले नवप्रबेशी हरुलाइ स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । स्वागत मन्तव्य नगर कमिटी सदस्य शान्तिराम भट्टराईले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *