दमक, ७ असोज–फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको आज १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेसन आज दमकमा सम्पन्न हुदैछ । अधिवेसनले संस्थाको आगामी कार्याकालको निम्ति सञ्चालक समिति र लेखा समिति छनौट गर्ने भएको छ । १६ सय ४८ जना शेयर सदस्यहरुले आज संस्थाको नेतृत्व निर्माणका लागि मतदान गर्ने छन् ।

दमकमा केन्द्रीय कार्यालय सहित बिर्तामोड र झिलझिलेमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको संस्थाले राम्रो नेतृत्व प्रदान गर्न शेयर सदस्यहरुले आफ्नो भन्दा पनि राम्रो नेतृत्व हेर्नुपर्ने अध्यक्षका उम्मेद्वार महेन्द्र चाम्लिङ बताउनुहन्छ ।

संस्थाका उपाध्यक्ष समेत रहनुभएका चाम्लिङले शेयर सदस्यहरुलाई असल, इमान्दार र योग्य नेतृत्व छनौट गर्न आग्रह गर्नुभएको छ । आज बिहान शेयर सदस्यहरुलाई संस्थाको हित, बिकास, प्रवर्दन र गतिशिलतामा आफ्नो भूमिका हिजोदेखि रहिआएको र आगाम दिनमा पनि महत्वपूर्ण रहने बताउनुभयो ।

चाम्लिङले संस्थाका निवर्तमान अध्यक्ष सकल्पन लिङदेनको नेतृत्वमा संस्थाको आर्थिक पारदर्शिता र अनयमिताको बारे सार्वजनिक भएको बताउनुभयो । संस्थाका शेयर सदस्यहरुले जम्मा गरेको रुपैयालाई सञ्चालक समितिका अध्यक्षले मनोमानी तवरले दशै पेश्की लगायत मासिक तलब लिइआएको समेत अध्यक्षका उम्मेद्वार चाम्लिङले बताउनुभयो ।

निर्वाचनको मुखैमा सकल्पजीको मान र प्रतिष्ठामाथी कुरा उठाउन मन छैन, चाम्लिङले भन्नुभयो–तर संस्थाको हितका लागि वहाँले आफ्नो उम्मेद्वारी फिर्ता गर्नुपथ्यो । वहाँभत्र यदि नैतिकता र इमान्दारीता भए, यसपटक उम्मेद्वारी नदिनु राम्रो हुन्थ्यो ।

संस्थाको आर्थिक अनयमिता भएको घटना सार्वजनिक भएपछि वहाँले त्यसैबेला नैतिकताको हिसावले राजीनामा गर्नुपथ्यो । त्यसो हुन सकेन, चाम्लिङले भन्नुभयो । आफु हुदाँ मात्रै संस्था रहने अनि म बाहेक अरु आए संस्थानै नचल्ने भ्रम र मानसिकता राख्न नहुने चाम्लिङको जिकिर छ ।

त्यसो त सो संस्थाका संस्थापक सञ्चालक समितिका सदस्य बौद्धिक व्याक्तित्व जीतेन लिम्बूले पनि चौथो अधिवेसनमा सकल्पजीले उम्मेद्वारी नदिनु राम्रो हुने बताउनुभयो । सचिव पदमा आफ्नो उम्मेद्वारीसहित निर्वाचनमा सक्रिय रहनुभएका लिम्बूले संस्थालाई आगामी दिनमा स्वच्छ, पारदर्शिता, सुशासनसहित सञ्चालन गर्ने राम्रो नेतृत्वको आवश्यक रहेको बताउनुभो ।

संस्थामा १६ सय ४८ जना शेयर सदस्यहरु छन् । झिलझिले र बिर्तामोडमा सेवा केन्द्र स्थापना गरेर कारोबार गरिरहेको संस्थाको दमक ६ मा केन्द्रीय कार्यालय छ ।

हेर्नुहोसः

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *