झिलझिले, ७ असोज–नगर सभापतिका उम्मेद्वार तुलाराम बोखिमसहितको प्यानलले आज शिबसताक्षी नगरपालिकाको विभिन्न वडाहरुमा घर दैलो र भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

सभापतिका उम्मेद्वार बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र बिमली, सचिवका उम्मेद्वार बिनोद खरेल र सहसचिव पदका उम्मेद्वार देबिप्रसाद (दर्शन) तुम्बापोले नगरको ११ वटै वडाहरुका सभापति र क्षेत्रीय प्रतिनिधिहरुको घर दैलोमा पुगेर भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा वडा सभापतिहरुलाई पार्टीको झण्डा प्रदान गरिएको र आसन्न १४औं महाधिवेसन, पार्टी संगठनका बिषयमा छलफल भएको थियो । सो क्रममा बोखिमको प्यानलले तयारी गरेको अधिवेसनमा उठाएका विषयगत मुद्दा र प्रतिवद्धता पत्र बितरण गरिएको थियो ।

वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुले नगरमा काँग्रेसलाई जनताको आशा र भरोषा र पहिलो शक्तिको रुपमा पार्टीलाई स्थापना गर्न सुझाएका थिए । पार्टीको आन्तरिक निर्वाचनमा जीत र हारको मानसिकताबाट माथि उठेर योग्य र सक्षम नेतृत्व चयन गर्नपर्नेमा जोड दिएका थिए ।

त्यस्तैं, नगर सभापतिका उम्मेद्वार बोखिम, उपसभापति बिमली, सचिव खरेल र सहसचिव तुम्बापोलाई बिजय गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वडा नं २ का सभापति काजिमान बुडाथोकी, वडा नं ३ का सभापति धर्मराज सुवेदी, वडा नं ४ का सभापति देउ नारायण ताजपुरिया, वडा नं ५ का रेणु राजवंशी (राकेश), वडा नं ६ का सभापति भीम प्रसाद ताजपुरिया, वडा नं ७ का सभापति जय लिङदेन, वडा नं ८ का सभापति गोपाल कुँवर, वडा नं ९ का सभापति डिल्लीलाल फेम्बो, वडा नं १० का सभापति लक्ष्मी योङहाङ र वडा नं ११ का सभापति प्रितम अधिकारीलाई पार्टीको झण्डा वितरण गरिएको थियो ।

सो क्रममा बोखिमसहित बिमली, खरेल र तुम्बापोले एक व्याक्ति एक कार्यकालको सुरुवात गर्ने बताएका थिए । नगरमा गुट र उपगुटको अन्त्य गर्ने, नगरमा पार्टी कार्यालय निर्माण र व्यवस्थित गर्ने, आगामी संसदीय निर्वाचनमा उम्मेद्वारी नदिने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए ।

नगर सभापतिमा चार जनाको उम्मेद्वारी चर्चामा थियो । यसअघि, सभापतिका आकाक्षी मध्ये रुद्रमणी भट्राईले सभापतिका आकाक्षी तुलाराम बोखिमलाई समर्थनसहितको एक प्रेष बिज्ञप्ति प्रकाशन गरेर उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

त्यस्तैं, अर्का आकाक्षी पदम थापाले आफ्नो नाममा सहमतिको प्रयास गरेका थिए । सहमतिको प्रयास सफल नभएमा निर्वाचनमा सहभागि नहुने संकेत थापाले गर्नुभएको छ । थापाले नगर सभापतिका आकाक्षीहरुबीच आफु सिनियर पार्टी कार्यकर्ता भएको बताएका छन् । म वहाँहरुभन्दा पुरानो हु, थापाले भने–मेरो नाममा सर्वसम्मत नभए, म निर्वाचन मार्फत नेतृत्वमा जान सक्दिन ।

यता, सभापतिका अर्का आकाक्षी बस्नेत शिबसताक्षी ११ को वडा सभापति हुन् । पेशाले उनी सहकारीकर्मी हुन् । त्यस्तैं, थापा शिबसताक्षी नगरका सहसभापति हुन् ।

हेर्नुहोसः (फोटो फिचर) तस्विरमा

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *