झिलझिले, ८ असोज–तुलाराम बोखिमको प्यानलले आज पनि शिबसताक्षी नगरपालिकाभित्र बसोबास गर्ने नेपाली काँग्रेसका पुराना र अग्रज अभिभावहक नेताहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

भेटघाट तथा छलफलमा नगर सभापतिका उम्मेद्वार बोखिमसहित उपसभापति, सचिव र सहचिवका उम्मेद्वारलाई बिजयीको कामना गरे । वहाँहरुले साथ र समर्थन रहने बताएका थिए । ‘पालो तपाईको हो’, नगर सभापतिमा हक तपाईको नै लाग्छ ।

पार्टीको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका तुलाराम बोखिमले उम्मेदवार दिएका छन् । बोखिम नगरका उपसभापति हुन् ।

त्यस्तैं, उपसभापतिमा नेत्र प्रसाद बिमली, सचिवमा बिनोद खरेल र सहचिवमा दर्शन तुम्बापोले उम्मेद्वारी दिएका छन् । चारैजना उम्मेद्वारले हिजो .बिहिबार) मात्रै वडा सभापतिहरुसँग वडा वडामै भेटघाट गरिसकेका छन् ।

त्यस्तैं, आज शुक्रबार नगरभित्र बसोबास गर्ने पार्टीका पुराना र अग्रज नेर्तत्वसँग भेटघाट तथा पार्टी संगठन र आगामी कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।

सो क्रममा उनीहरुले पार्टी संगठनलाई गुट र उपगुटबाट मुक्त गरिनुपर्ने, नगरमा पार्टीलाई बलियो बनाइनुपर्ने, स्थानीय निर्वाचनमा नगरको नेतृत्व लिने खालको विषयमा सुझाव र जिज्ञासाहरु राखेका थिए ।

साझा उम्मेद्वारहरू शिवसताक्षी नगरका विभिन्न वडाहरुमा मतदाताहरू समक्ष आफ्नो अपिल र प्रतिवद्धता पत्रहरु वितरण गर्दै चुनावी अभियानको दौडाहको समयमा पार्टीका अग्रजहरुले जितको अग्रिम शुभकामना दिए ।

शुभकामना ग्रहण गर्दै सभापति पदका उम्मेद्वार तुलाराम बोखिमले पार्टीको हितमा कार्य गर्ने, एक व्यक्ति एक पद र एक कार्यकाललाई प्राथमिकता दिने र अग्रजको सरसल्लाह लिई अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली कांग्रेस शिवसताक्षी नगर अधिवेशन यही असोज १० गते हुँदैछ । नगरमा कूल ३ सय ६८ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रुपमा रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *