धरमपुर, ८ असोज–झापाको शिबसताक्षी–१, २ र ३ का कृषकहरुलाई मंगलबारे बजारमा बेमौसमी तरकारी बाली सम्बन्धी एक दिने तालिम आयोजना गरिएको छ । साविक धरमपुर अन्तर सहकारी संस्था समितिले आयोजना गरेको तालिममा ७ वटा कृषि सहकारी संस्थाका पाँच–पाँच जना कृषकहरुको सहभागिता थियो ।

तालिममा बेमौसमी तरकारी बाली सम्बन्धी प्राविधिक ज्ञान, सीप, लगाउने बिधी, औषधी प्रयोग तथा किराको नियन्त्रण र न्यूनिकरण लगायत बजारीकरणका बारेमा जानकारी गराइएको थियो । तालिमलाई कृषि प्राविधिक एबम् हात्तेमालो कृषि सहकारी संथा धरमपुरका अध्यक्ष ताराप्रसाद गौतमले सहजिकरण गर्नुभएको थियो ।

साविक धरमपुरका ७ वटा कृषिहरु सहकारी संस्थाहरु अन्तर सहकारी संस्थामा समावेस भएका छन् । शिबसताक्षी–१ हात्तेमालो कृषि सहकारी संस्था धरमपुर, शिबसताक्षी–२ नगदेबाली कृषि सहकारी संस्था मंगलबारे, शुभ मंगल महिला कृषि सहकारी संस्था, स्वतन्त्र बहुदेश्यीय सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, माता नवदुर्गा कृषि सहकारी संस्था र सवैको साथ कृषि सहकारी संस्था अन्तर कृषि सहकारी संस्थामा आवद्ध भएको छ ।

कार्यक्रमको अध्यक्षतामा धरमपुर अन्तर कृषि सहकारी संस्थाका संयोजक एबम् हात्तेमालो कृषि सहकारी संस्थाका अध्यक्ष तारा प्रसाद गौतमले गर्नुभएको थियो । त्यस्तैं, स्वागत मन्तव्य समितिका सदस्य एबम् शुभ मंगल महिला कृषि सहकारी संस्थाका अध्यक्ष धनमाया बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रमको औचित्यका बारेमा समितिका सदस्य एबम् साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष खडानन्द घिमिरले गर्नुभएको थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव एबम् माता नवदुर्गा कृषि सहकारी संस्थाका अध्यक्ष मचिन्द्र सम्बाहम्फेले गर्नुभएको थियो ।

तालिमको उद्घाटन कार्यक्रम अन्तर सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतमा भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *