दमक, ८ असोज–नेकपा (एकीकृत समाजवादी) ले झापाको दमकमा भोली (शनिबार) एक कार्यक्रमबीच दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण गर्ने भएको छ । जिल्ला कमिटी झापाको घोषणा तथा सपथ ग्रहण पश्चात पहिलो पटक दमक नगर कमिटी बन्न लागेको हो ।
दमकस्थित देबकोटा चौकको सिद्धी मार्केटमा आयोजना गरिएको कार्यक्रममा दमक नगरपालिकाको १० वटै वडाहरुबाट अगुवा कार्यकर्ताहरुको सहभागिता हुने भएको छ ।
यसअघि, १२ भदौंमा दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन गरेर विभिन्न गतिविधिहरु सञ्चालन गरिदैं आएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष मणि भण्डारीले जानकारी दिनुभयो ।
पुष्पलाल मित्रता केन्द्र दमक नगर अध्यक्ष महेश घिमिरेका अनुसार नेकपा (एकीकृत समाजवादी) घोषणा तथा सपथ ग्रहण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । उनले घोषणा तथा सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको सहभागिता हुने बताए ।
नव गठित कमिटीले दमकमा पार्टीको भातृ संघसंगठन गठन गर्ने र संगठनलाई प्रशिक्षण मुलक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।
कार्यक्रममा शिबसताक्षी, कमल, गौरादहबात समेत अगुवा नेतृत्वहरुको सहभागिता हुने भएको छ ।
