दमक, ९ असोज–झापाको दमक ६ मा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज १२औं साधारणसभाको उद्घाटन गरेको छ । दमकको बेलडाँगीरोडमा रहेको कार्यालय भवनमा एक कार्यक्रमबीच संस्थाको १२औं साधारणसभाको कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष रवि न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेब काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा अध्यक्ष न्यौपाने सहितका संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले गत आर्थिक वर्षमा कोरोना भाईरसको महामारीका कारण लामो समय कारोवार वन्द गर्नु परेको भए पनि ३६ प्रतिशतको हाराहारीका कारोवार वृद्धी भएको जानकारी दिनुभयो ।

रु ६६ करोड भन्दा बढी वचत संकलन गरेको संस्थाले करिव रु ९० करोड ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन समेत सार्वजनिक गर्नु भएको थियो ।

दमकस्थित संस्थाका केन्द्रीय कार्यालयका प्रमुख व्यवस्थापक कमल घिमिरेका अनुसार दमक १, ४, ७ र १० वडाका शेयर सदस्यहरुलाई असोज ९ गते, दमक २, ५ र ८ का शेयर सदस्यहरुलाई असोज १० गते, दमक ३, ६ र ९ वडा र कमल गाउँपालिकाका शेयर सदस्यहरुलई असोज ११ गते, शिबसताक्षी लगायत गौरिगञ्जका शेयर सदस्यहरुलाई असोज १२ गते झिलझिलेस्थित सेवा केन्द्रमा, कनकाई नगर क्षेत्रका शेयर सदस्यहरुलाई सुरुङ्गास्थित प्रस्तावित सेवा केन्द्रमा असोज १२ गते, गौरादह सेवा केन्द्रका शेयर सदस्यहरुलाई प्रस्तावित सेवा केन्द्र गौरादहमा असोज १३ गते, मोरङ उर्लाबारी क्षेत्रका शेयर सदस्यहरुलाई उर्लाबारी सेवा केन्द्रमा असोज १४ गते साधारणसभा सम्पन्न हुने छ ।

संस्थाले झापाको झिलझिले र मोरङ्को उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । त्यस्तैं, यसैवर्ष, गौरादह र सुरुङ्गमा सेवा केन्द्र सञ्चालनमा ल्याइने घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत र प्रमुख व्यवस्थापक कमल घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *