गोविन ल्वागुन/फाक्तेप (शिबसताक्षी), ९ असोज–झापाको शिबसताक्षी ७ फाक्तेपमा हुने फाक्तेप मिनी गोल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ । आगामी मंसिर १ गतेबाट संचालन हुन लागेको मिनी गोल्डकपको लागी आर्थिक संकलन, ग्राउण्ड सम्याउने, लगायतको काम तिब्र भइरहेको कल्बका अध्यक्ष बमप्रसाद चेम्जोङले बताएका छन ।

यस क्षेत्रमा पहिलो पटक ह’नलागेको मिनीगोल्डकपको लागी प्रबासी नेपाली स्वदेशी लगायत बिभिन्न संघसंस्थाबाट आर्थिक सहयोग हुदै गरेको क्लबका कोषाध्यक्ष शुकबहादुर चेम्जोले जनाएका छन ।

गोल्डकपलाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरी आ आफनो जिम्मेवारी निर्बाह गरिरहेको जनाइएको छ । ‘राष्टको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने मुल नाराको साथ संचालन हुनलागेको फाक्तेप गोल्डकपलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको हुदा सबैले सहयोग गर्न आग्रह गरिएको क्लबका सचिब सन्तोष शेर्माले बताए ।

गर्न चाहे असम्भब केहि छैन भन्ने गतिलो उदाहराण बन्दै गएको छ फाक्तेप मिनिगोल्डकप अहिले बिभिन्न मुलुकमा रहेका प्रबासी नेपालीहरुबाट उत्साह जनक अर्थिक संकलन भैरहेको छ ।

हालसम्म करिब ४ लाख बराबर आर्थिक संकलन भएको प्रबासी नेपाली आर्थिक संकलन उपसमितिका संयोजक निकेश खत्रिले जानकारी दिएका छन । हाल ग्राउण्ड मिलाउने, मोटर टुवेल जडान र सरसफाई लागायतको काम भइरहेको छ । उक्त खेलमा झापा, मोरङ, इलाम र सुनसरीका ८ टिमले प्रतिस्पर्दा गर्ने छन ।

उक्त प्रतिस्पर्धा बिजेता टिमले नगद १ लाख १ हजार र उपाबिजेताले ५१ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक फाक्तेप फुटबल क्लबका सदस्य दिपक शेर्माले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *