दमक, ९ असोज–दिवंगत भुमिना लक्समको स्मृतिमा सुन्दर समाज नेपालले झापाको दमकमा बसोबास गर्ने सुकुम्वासी परिवारलाई खाद्यान्य सामाग्रीहरु वितरण गरेको छ । भूमिनाको पाँचौं महिना पुष्यतिथीको अवसर पारेर दमक–१ भृकुटी चौकस्थित सुकुम्बासी परिवारलाई सुन्दर समाज नेपालले खाद्यान्य सामाग्रीहरु बितरण गरेको हो ।

सुकुम्बासी परिवारलाई प्रति बोरा चामल, नून, चिनी, दाल लगायतका सामाग्रीहरु वितरण गरिएको छ । सुकुम्बासी गाउँका परिवारहरु दैनिक बनिबुट्टो गरेर जीवन यापन गरिरहेका छन् ।

सुन्दर समाज नेपालकी कोषाध्यक्ष एबम् दमककी सामाजिक अगुवा झरना लक्समको कान्छी बहिनी भुमिना लक्समको पाँच महिना अघि असामायिक निधन भएको थियो ।

आफ्नी बहिनी भूमिनाको अल्पायुमै निधन भएपछि, लक्सम परिवारलाई पर्न गएको दुःख र पीडालाई कम गर्न सामाजिक सेवा गरिएको झरनाले बताईन् ।

झरनाका अनुसार दिवंगत आफ्नी बहिनीको आत्माको चीर शान्तिको कामना गर्दै सानै भएपनि कमजोर आर्थिक अवस्थाका बर्ग वा समुदायलाई सहयोग गरिएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *