काठमाडौं, १० असोज–साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) मैत्रीपूर्ण खेल खेल्दैछ । कतारमा रहेको नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो ।

नेपाल र ओमानबीचको मैत्रीपूर्ण खेल नेपाली समय अनुसार ९ः४५ बाट सुरु हुनेछ । कतार युनिभर्सीटी फिल्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग जित निकाल्दै प्रतियोगिताको बलियो तयारी प्रस्तुत गर्ने योजना बनाएको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

ओमानसँगको खेलपछि साफ च्याम्पियनसिपका लागि नेपाली टोली कतारबाट माल्दिभ्स जाने छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको पहिलो खेल मालेस्थित फुटबल स्टेडियममा असोज १५ मा हुनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *