काठमाडौं, १० असोज–लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुलमा ब्रेन्टफोर्डसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–३ गोलको बराबरीमा खेलेको हो ।

उपाधि दावेदार लिभरपुलले बारबारी खेल्दै अंक बाड्नु परेको हो । घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनाएको थियो । ब्रेन्टफोर्डका लागि खेलको २७औं मिनेटमा इथेन पिन्नोकले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३१औं मिनेटमा लिभरपुलका लागि डियागो जोटाले बराबरी गोल फर्काए ।

५४औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुलले २–१ गोलको अग्रता बनायो । यो गोलसँगै सलाहले प्रिमियर लिगमा लिभरपुलका लागि १०० गोल पूरा गरेका छन् ।

६३औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ६७औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई हारबाट जागाए ।

बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको सिटीसँग १ अंकको अग्रता बनाएको छ ।

यता, ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको १४ अंक छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *