काठमाडौँ, १० असोज–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संविधान निर्माणपछि हाम्रो पहिलो सरकार बनेको थियो ।
सरकारमा रहँदा हामीले असाधारण काम गरेका छौँ। त्यसैले जनतासमक्ष जान हामीलाई कुनै समस्या छैन । हाम्रो सरकारले गरेको कामलाई लिएर जनतामा जानुहोस् ।‘
विपक्षीहरूले षड्यन्त्र गरेर सरकारबाट हटाएका भए पनि आगामी निर्वाचनपछि फेरि सत्तामा फर्किने बताए । देश र जनताको पक्षमा काम नगर्नेहरूलाई मात्रै चुनावमा जान डर हुने उनको भनाइ छ ।
