काठमाडौँ, १० असोज–नेपाली काँग्रेस झापाका नेता एवम् संविधानसभाका सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले ओली निवास बालकोटमा आइतबार साँझ राजवंशीलाई एमालेमा प्रवेश गराएका हुन् ।
बिर्तामोड निवासी राजवंशी झापा काँग्रेसका नेता हुन् । उनी दुई पटक संविधानसभा सदस्य भएका थिए ।
राजवंशीलाई एमालेमा १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे, एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहाल, एमाले नेता छविलाल विश्वकर्मा, एमाले झापाका अध्यक्ष चिन्तन पाठक लगायतका नेताले स्वागत गरेका थिए ।
