शिबगञ्ज, ११ असोज–नेकपा (एकीकृत समाजवादी) को झापामा पालिका स्तरीय कमिटी घोषणा कार्यक्रम तिब्र पारिएको छ । ९ असोजमा दमकदेखी सुुरु भएको गाउँ र नगर कमिटी घोषणाका कार्यक्रमलाई जिल्लाभरी विस्तार गरिने भएको छ ।

यसैबीच, भोली (मंगलबार) शिबसताक्षी नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । हिजो (आइतबार) बिर्तामोड नगर कमिटी घोषण भएको छ । आज (सोमबार) गौरादह नगर कमिटी घोषणा हुने भएको छ ।

शिबसताक्षी नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पार्टी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईको आतिथ्यतामा हुने भएको छ । नगर प्रवत्ता एबम् शिबसताक्षी ७ का वडा अध्यक्ष नबिन इजमले शिबगञ्जस्थित साुमदायीक भवनमा कार्यक्रम हुने जानकारी दिनुभएको छ ।

पार्टीका केन्द्रीय सचिव एबम् प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई भोली (मंगलबार) झापा आउने भएका छन् । झापाको शिबसताक्षी नगरपालिकामा पार्टी नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागित हुन नेता राईसहित केन्द्र, प्रदेश र जिल्लााका प्रमुख नेताहरु झापा आउने भएका हुन् ।

शिबसताक्षी-६ शिबगञ्जस्थित सामुदायीक भवनमा सम्पन्न हुने पार्टीको नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ । शिबसताक्षी नगरपालिकाका प्रवत्ता समेत रहनुभएका वडा नं ७ का वडा अध्यक्ष नबीन इजमका अनुसार मंगलबार एक कार्यक्रमबीच एकीकृत समाजवादी नगर कमिटी घोषणा हुने छ ।

सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटी र युवा संघ गठन गरेर सपथ ग्रहण कार्यक्रमको पनि आयोजना गरिएको इमजले बताए ।

नेता इजमले पार्टीका केन्द्रीय सचिव एबम् प्रदेश १ का संसदीय दलका नेता राईसहति केन्द्रीय सदस्य एबम् दमक नगरका पुर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकी, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्दु कन्दङ्बा, झापा अध्यक्ष बेदराज रेग्मी, उपाध्यक्ष मणि भण्डारी, सचिव निलमणी बराल लगायतका नेताहरुले कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

कमिटीमा नगरको ११ वटै वडाहरुबाट प्रतिनिधि मुलक सभभागिता हुने र त्यसलाई व्यवस्थित गर्ने नेतृत्व चयन गरिने नेता शान्तिराम न्यौपानेले जनाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *