कमल कटुवाल/दमक, ११ असोज–झापाको दमक–८ स्थित पताञ्जली टोलमा द क्याजुवल कलेक्सन सञ्चालनमा आएको छ । दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले सोमबार रिवन काटेर उक्त पसलको उद्घाटन गर्नु भएको हो ।

यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर संगै रहेको उक्त पसलमा बच्चा, लेडिज तथा जेन्सका तयारी कपडाहरु होलसेल मूल्यमा पाउनुका साथै उद्घाटनको दिनदेखि ३ दिन सम्म २० ५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरिएको पसलकी संचालिका सिम्रन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा दमक उद्योग बाणिज्य संघका लेखा संयोजक कृष्णराज दाहाल, बाणिज्य संघका केन्द्रिय सदस्य चन्द्र खत्री, थकाली किचन तथा मःम हवकाका संचालक दिवस राई लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *