गौरादह, ११ असोज–झापाको गौरादहमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नगर कमिटी गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यमा नगर कमिटी गठन भएको हो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मी, नेता तथा पूर्वसांसद तारायण राजवंशी, नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा जिल्ला कमिटी झापाका उपाध्यक्ष मणि भण्डारी, जिल्ला सदस्य हरि नेपाल, सिताराम अधिकारी, दमक नगर कमिटी अध्यक्ष महेश घिमिरे, बिर्तामोड नगर कमिटी अध्यक्ष श्री सिटौला, जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल, बरिष्ठ पत्रकार लीला बराल, युवा संघका केन्द्रीय सदस्य सुमन कार्की, हरिकृष्ण पौडेल, खगेन्द्र बाराकोटी, अखिल फोर्सका केन्द्रीय सहसंयोजक एबम् दमक बहुमुखी क्याम्पसका कार्यबहाक स्ववियू सभापति रोशन भण्डारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य एबम् गौरादका नेता नन्दलाल राववंशीको अध्यक्षता र युवा संघ नेपालका केन्द्रीय सदस्य नारायण राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *