काठमाडौं, १२ असोज–नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित एकजना पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका, २ नागढुंगाबाट ४५९ एम्पुल नाईट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका, ७ बस्ने २१ वर्षीय युवराज लाखे पक्राउ परेका हुन् ।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
