शिबगञ्ज, १२ असोज–नेपली काँग्रेस पार्टीको हालै सम्पन्न १४औं महाधिवेसनमा झापाको शिबसताक्षी नगर कार्य समितिका सभापति सहित पदाधिकारी र सदस्य पदमा उपबिजेता बनेका उम्मेद्वारहरुले आज मतदाताहरुलाई भेटघाट गर्दै धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
सभापति पदमा उपबिजेता तुलाराम बोखिम, उपसभापतिमा उपबिजेता नेत्रप्रसाद बिमली, सचिवमा उपबिजेता बिनोख खरेल र सहसचिवमा उपबिजेता देबीप्रसाद तुम्बापो (दर्शन) सहित नगर समितिका सदस्यहरु सदस्यहरु प्रकाश अधिकारी, बुद्ध पेहिम लगायतले नगरका क्षेत्रीय प्रतिनिधि, वडा सभापति र अग्रज तथा क्रियाशिल सदस्यहरुलाई घर दैलोमा भेटघाट गर्दै सहयोगको निम्ति धन्यवाद सहित आभार व्यक्त गरेका हुन् ।
सो क्रममा उपबिजेता बन्नुहुने उम्मेद्वारहरुले निर्वाचनमा सहयोग गर्नुहुने पार्टीका अग्रज नेतृत्वहरु, वडा सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु र क्रियाशिल सदस्यहरुलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि सहयोगको आशा र उपेक्षा व्यक्त गरेका थिए ।

पार्टीको १४औं महाधिवेसनबाट निर्वाचित नगर कार्यसमिति सभापति सहित पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना दिएका छन् ।
उपबिजेताको टोलीले नगारको ११ वटै वडाहरुमा घर दैलोमा पुगेर मतदाताहरुलाई धन्यवाद र आभार व्यक्त गरेका थिए । वडा वडामा घर दैलो पश्चात दुधेस्थित नगर कार्यसमितिको पार्टी कार्यालयमा नवनिर्वाचित सभापति अशोक बस्नेतलाई बधाई तथा कार्याकालको शुभकामना दिन सो टोली पुगेका थिए ।
सो क्रममा सभापति बस्नेतलाई कार्यालयमा नभेटेपछि फोन मार्फत उपबिजेता बन्नुहुने बोखिमसहित उपबिजेता बन्नुहुने उम्मेद्वारहरुले हार्दिक बधाई व्यक्त गरेका थिए ।
त्यस्तैं, पार्टी संगठनको कार्य क्षेत्रमा सहयोग र साथ रहने भन्दै सफल कार्याकालको शुभकामना दिएका थिए । पार्टीलाई एक ढिक्का र एकतामा बाधेर अघि बढाउने सभापति बस्नेतलाई आग्रह गर्दै नवनिर्वाति नेतृत्वसँग सहकार्य गरेर पार्टी संगठनको जिम्मेवारीलाई पुरा गर्ने बताएका छन् ।

प्रजातान्त्रिक प्रक्रियामा सहभागि भएर नेतृत्व चयन भएको र त्यसलाई आत्मासाथ गर्नुपर्ने बोखिमले बताए । नेता बोखिमका अनुसार सभापतिमा निर्वाचित बस्नेतलाई पार्टी कार्यालयमा नभेटेपछि फोनबाटै बधाई र शुभकामना व्यक्त गरिएको हो ।
त्यस्तैं, निर्वाचनको क्रममा विभिन्न संचार माध्यमहरु, सामाजिक सञ्जाल, शुभेच्छुक, बुद्धिजीबिबाट पाएको साथ र सहयोगको निम्ति बोखिमसहितको प्यानलद्वारा धन्यवाद व्यक्त गरिएको छ । संचार माध्यमहरुबाट आगामी समयमा पनि सकारात्मक साथ र सहयोगको उपेक्षा गरिएको छ ।
घर दैलो कार्यक्रममा उपबिजेताहरुसहित वडा नं ३ का सभापति धर्मराज सुवेदी, वडा नं ७ का सभापति जय लिङदेन र प्रकाश अधिकारी, बुद्ध पेहिमलगायतको सहभागिता रहेको थियो ।

