दमक, १२ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ सभाका संसदीय दलका नेता राजेन्द्र राईले १० बुदे सहमतिमा बहकिएका नेताहरुको हालत घर न घाटको अवस्थामा पुगेको बताउनुभएको छ ।

झापाको दमकमा मंगलबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै नेता राईले एमालेमा १० बुदे सहमतिलाई कार्यव्यवनको नाममा प्रतिगमनकारी नेताहरु घर न घाटको हुने बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागि हुन झापाको शिबसताक्षीमा आइपुग्नुभएको नेता राईले दमकमा अगुवा कार्याकर्ताहरुबीचमा यस्तो कुरा राख्नुभएको हो । दमकस्थित सिद्धि मार्केटमा अवस्थित एकीकृत समाजवादीको सम्पर्क कार्यालयमा नेता राईले एमालेभित्र अध्यक्ष ओलीको कारण धेरै असल र इमान्दारी कार्यकर्ताहरु पार्टी छोडेर मौन बस्नुपर्ने अवस्था सृजना भइरहेको बताए ।

नेता राईले ओली प्रवृतिको कारण एमालेबाट बिद्रोह गरेर नेपालमा कम्युनिष्ट पार्टीहरुको एकताको सूत्रमा बाँधिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

दमक नगर अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष मणि भण्डारी,, प्रत्युस राणा, दमक नगर सदस्य तुलशी निरौल, हरिकृष्ण पौडेल, सुमन कार्की, अखिल फोर्सका केन्द्रीय सहसंयोजक तथा दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति रोशन भण्डारी, पूर्व एसएसपी भरतबाबू कार्की, हरि नेपाल, निर्मल लामिछाने लगायतका युवा तथा बिद्यार्थी नेताहरुको उपस्थित थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *