दमक, १३ असोज–दमकमा अवस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कमजोर आर्थिक अवस्थाका आफ्ना दुई जना सदस्यको ऋणलाई छुट गरिदिएको छ । कमल–६ का अशोक दर्जी र दमकका भीम गजुरेलले लिएको ऋण अन्तर्गत सावा र व्याजलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले छुट गरिदिएको हो ।
दमक–६ मा रहेको सहकारी संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालका अनुसार दर्जीको सावा ६० हजार ४ सय ३१ रुपैया ३२ पैसा र व्याज ८ हजार ४ सय ३१ रुपैया र ११ पैसा छुट गरेको हो ।
त्यस्तैं, गजुरेलको सावा ३५ हजार १ सय ४३ रुपैया र व्याज १ हजार १ सय ३६ पैसा छुट गरेको हो । कर्जा बिभाग प्रमुख नेपालले सामाजिक अत्तरदायित्व अन्तर्गत कमजोर र विपन्न परिवारका आफ्ना शेयर सदस्यहरुप्रति जिम्मेवारी बहन गर्न संस्थाले यस खाले कार्यक्रम ल्याइएको बताए ।
दर्जी उपाङ्ग परिवारका हुन् । उनको घरमा दाजु अपाङ्ग छन् । त्यस्तैं, गजुरेल दुर्घटनामा परेर घाइते अवस्थामा उपचारत छन् । उनीहरु दुत्रै जनाको अवस्था कमजोर छ ।
सस्थाले आफ्ना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै एटिएम सेवा र मोवाइलबाटै कारोबार गर्न सकिने (फोन पे सहित) क्यूआर कोड निःशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको छ ।
क्यूआर कोडमार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल एपबाट स्क्यान गरि सामान खरिद गर्न सकिने संस्थाले जनाएको छ । त्यस किसिमको सुविधा ल्याउने सहकारीहरु मध्ये सूर्यदर्शन नै पहिलो भएको दाबी संस्थाले गरेको छ ।
संस्थाले यस अघिदेखिनै मोवाइल बैंकिङ सेवाको प्रयोग गरी बिजुली, पानी, मोवाइलको रिचार्ज, इन्टरनेट, टेलिभिजन केबलको बिल तिर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै बैंकमा रकम ट्रान्सफर, कार्डलेस एटिएम, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इसेवा, खल्ती, आइएमइ, प्रभु पे लोड, हवाई टिकट खरिद, ट्राफिक प्रहरीद्धारा असुल गरिने जरिवाना, मेरो शेयर÷डिम्याट शुल्क भुक्तानीको पनि सुविधा सञ्चालनमा रहेको जानकारी दिइएको छ ।
संस्थाले हालै, आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
