दमक, १३ असोज–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन गर्ने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा असोज १५, १६ र १७ गतेसम्म गर्ने भएको हो ।

संस्थाका अध्यक्ष अशिम राईका अनुसार विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा तिन दिनसम्म गर्ने र त्यसका लागि सदस्यहरुलाई जानकारीसहित पत्राचार गरिएको छ ।

दमक–६ हाईबे लाईनमा अवस्थित सहकारी संस्थाले बढ्दो सक्रमणबाट सावाधानी अपनाउदै साधारणसभालाई औपचारिकतामा मात्रै सिमित राखेर प्रतिवेदनलाई सार्वजनिक गरिने र सदस्यहरुबाट आवश्यक राय र सुझाव संकलन गरिने अध्यक्ष राईले बताए ।

संस्थाको कार्यालयमा सम्पन्न हुने बार्षिक साधारणसभामा सहभागि हुने सदस्यहरुले अनिवार्य मास्क र सेनिटाइजरसहित भौतिक दुरी कायम गरिनुपर्ने प्रावधानको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी गराउनुभयो ।

तिन दिनसम्म आयोजना गरिएको साधारणसभामा सहभागि हुने सदस्यहरुका लागि विहान ११ बजेबाट ४ बजेसम्म प्रतिवेदन वितरण गरिने छ ।

स्थानीय युवा उद्यमी र सामाजिक अगुवाहरुले सञ्चालनमा ल्याएको सहकारी संस्थाले दमकलाई मुख्य कार्यक्षेत्र बनाएको छ । संस्थामा तिन हजार सदस्यहरु छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *