दमक, १३ असोज–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२औं बार्षिक साधारणसभाको अवसरमा झापाको गौरादह क्षेत्रका सदस्यहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । गौरदहस्थित प्रस्तावित सेवा केन्द्रमा आज आयोजित साधारणसभामा सहभागि सदस्यहरुलाई संस्थाको बार्षिक प्रतिवेदन वितरण गरिनुका साथै राय र सुझावहरु संकलन गरिएको छ ।

दमक–६ बेलडाँगी रोडमा अवस्थित मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले हिजो (मंगलबार) झिलझिलेमा १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शिबसताक्षी नगरपालिका र आसपासका क्षेत्रका सदस्यहरुलाई लक्षित गरेर संस्थाले झिलझिले सेवा केन्द्रमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

हिजै (मंगलबार) सुरुङ्गमा १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका सहित आसपासका क्षेत्रका सदस्यहरुलाई समेट्ने उदेश्यले सुरुङ्गास्थित प्रस्तावित सेवा केन्द्रमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका मुख्य कार्यालयका व्यवस्थापक कमल घिमिरेका अनुसार भोली (बिहिबार) मोरङको उर्लाबारीमा साधारणसभाको आयोजना गरिएको छ । उर्लाबारीस्थित सेवा केन्द्रमा सम्पन्न हुने साधारणसभामा मोरङका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ, ।

यसअघि, दमक वडा नं १, ४, ७ र १० का सदस्यहरुलाई ९ असोजमा, वडा नं २, ५ र ८ का सदस्यहरुलाई १० असोजमा, वडा नं ३, ६ र ९ सहित कमल गाउँपालिकाका सदस्यहरुलाई ११ असोजमा साधारणसभा सहभागिता गराइएको छ ।

बढ्दो संक्रमणबाट बच्न र बचाउन संस्थाले क्षेत्रस्तरीय साधारणसभा सम्पन्न गर्ने भएको हो । साधारणसभामा सहभागि सदस्यहरुले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गरिनुपर्ने पत्रचारमै उल्लेख गरेको छ ।

संस्थाले दमकस्थित मुख्य कार्यालयमा एक कार्यक्रमबीच ९ असोज, शनिबार १२औं बार्षिक साधारणसभाको उद्घाटन गरेको हो ।

संस्थापक अध्यक्ष बासुदेब काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतिवदेन सार्वजनिक तथा साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रवि न्यौपाने, सचिव बुदि सागर बराल, प्रमुख व्यवस्थापक कमल घिमिरे, सञ्चालक समिति सदस्य पुनम रिजाल, तुलसीराम प्रसाई, शिबप्रसाद अधिकारी लगायतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *