काठमाडौं, १४ असोज–इटालियन क्लब युभेन्ट्सले साविकको विजेता टोली प्रिमियर लिग क्लब चेल्सीमाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले चेल्सीमाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको चिसाले निर्णायक गोल गरे ।

फेडेरिकोले खेलको ४६औं मिनेटमा गरेको गोल नै युभेन्ट्सका लागि निर्णायक गोल बन्यो । युभेन्ट्सको यो लगातार दोस्रो जित हो ।

जितसँगै समूह ‘एच’मा रहेको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । युभेन्ट्स समूहको शीर्ष स्थानमा छ ।

पराजित चेल्सी ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा आरबी साल्जर्वगले लिलेमाथि २–० गोलको जित निकालेको छ ।

त्यस्तै अर्को खेलमा उल्फवर्गले सेभियासँग १–१ गोलको बराबरी खेलेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *