दमक, १४ असोज–जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–८ स्थित नेपालचोक निवासी शुकलाल मर्डीकी ५० वर्षीया पत्नी लतुमाईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

हात्तीले सुँडले बोकेर जंगलभित्र लगेको लतुमाईको शव ४ घण्टापछि चन्द्रगढी सामुदायिक वनभित्र सेती खोलाको पैनीमा भेटिएको उनले बताए।

प्रहरीका अनुसार बिहीबार बिहान ११ः५० मा भद्रपुर नगरपालिका–१० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वननिकट मर्डी दम्पती निगुरो टिप्न गएका थिए। त्यसैबेला जंगली हात्तीले लतुमाईलाई सुँडले बोकेर जंगलभित्र लगेको थियो।

पत्नीलाई हात्तीले लगेको जानकारी शुकलालले तत्कालै अस्थायी प्रहरी चौकी गरामनिलाई गराएका थिए।

त्यसपछि लतुमाईको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जंगल पसेका थिए।

खोजीका क्रममा लतुमाईको शव भेटिएको हो। उनको शव पोस्टमार्टमका लागि मेची अस्पताल पठाइने प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *