धरमपुर, १४ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्च नेपालले झापाको शिबसताक्षी–३ मा दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ ।

भर्लिचनस्थित प्रताप निङलेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङलेकुको अध्यक्षतामा नौ सदस्यीय संघीय लिम्बूवान मञ्च शिबसताक्षी ३ वडा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पबिमाया भुजेल (इगनाम), सचिवमा रुपैश इगनाम र अर्थ सचिवमा सन्तोष मेन्याङबो चुनिएका छन् । त्यस्तैं, सदस्यहरुमा उदय देवान, धिरज निङलेकु, प्रेम सम्बाहम्फे, रोहित सिङ्गोक र दलबहादुर योङहाङ चुनिएका छन् ।

नव गठित समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनिययताको सपथ ग्रहण गराइएको छ ।

संघीय लिम्बूवान मञ्चकी केन्द्रीय महासचिव शान्ता योङहाङको प्रमुख आतिग्यतामा वडा सम्मेलन सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि योङहाङले राजनीतिक हिसावले संघीय लिम्बूवान मञ्च नेपालले प्रदेश १ का जिल्लामा संगठन सुढृढिकरण अभियानमा लाग्नुपर्नेमा जोड दिइन् । उनले आगामी ििनर्वाचनलाई लक्षित गरेर स्थानीय तहको पालिका र वडाहरुमा पार्टीको गतिविधिलाई तिब्र बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिने ।

कार्यक्रममा केन्द्रीय सदस्य हर्क प्रसाद निङलेकु र जसबहादुर तामाङले पनि निर्वाचन केन्द्रीत कार्यक्रमहरु ल्याएर गाउँ–गाउँ र नगर–नगरमा पार्टीको कार्यक्षेत्रमा जुट्न आग्ह गरेका थिए ।

सम्मेलनमा वडा समितिको तर्फबाट अध्यक्ष भीम निङलेकुले प्रस्तुत गरेको राजनीतिक प्रगति प्रतिवदेन सुझावसहित पारित गरिएको थियो ।

भीम निङलेकुको अध्यक्षतामा वडा सम्मेलन भएको थियो । उदय देवानले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघीय लिम्बूवान मञ्च नेपाल शिबसताक्षी नगर उपाध्यक्ष प्रताप निङलेकुले गरेका थिए ।

नगर उपाध्यक्ष प्रताप निङलेकुका अनुसार ६ असोजदेखि १६ गतेसम्म नगरको ११ वटा वडाहरुमा सम्मेलन गर्ने र २३ असोजमा नगर कार्य समितिको सम्मेलन सम्पन्न गरिने कार्यक्रम छ ।

सो बिज्ञप्तिमा असोज ६ गते वडा नं ११, असोज ७ गते वडा नं १०, असोज ९ गते वडा नं ९, असोज ९ गते वडा नं ८, असोज ११ गते वडा नं ७, असोज १२ गते वडा न ६, असोज १३ गते वडा नं ५, असोज १४ गते वडा नं ३, असोज १५ गते वडा नं २ र असोज १६ गते वडा नं १ गते सम्मेलन गर्ने कार्यक्रम उल्लेख छ ।

त्यस्तैं, वडा अधिवेशन सम्पन्न भएपछि नगर कार्य समितिको असोज २३ गते नगर सम्मेलन गर्ने कार्यक्रम रहेको नगर उपाध्यक्ष निङलेकुले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *