दमक, १४ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगर समितिले आज झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालयको प्रशासन कक्षमा ताला लगाएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगर समितिले बिहिबार दमक–२ मा अवस्थित बिद्यालयको प्रधानध्यापक र लेखा फाँटमा ताला लगाएको हो ।
विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्दैं त्यसबारे सत्य तथ्य छानवीन गरि दोषी उपर कानुनी कारवाही गर्न समेत राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य बिक्रम सुब्बा खाम्देनले जानकारी गराउनुभयो ।
नेता खाम्देनका अनुसार देशकै नमुना विद्यालयको रुपमा तिनै तहका सरकारबाट ठूलो मात्रामा अनुदान पाउदै आएको उक्त विद्यालयमा भएको आर्थिक हिनामिनाको घटनामा सम्लग्न भएकालाई कार्वाहीको माग गरिएको छ । नेता खाम्देनले बिद्यालयमा करोडौं हिनामिना भएकोमा विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता रहेको बताउनुभयो ।
छानबिन समिति गठन गरिनुपर्ने र घटनामा दोषी ठहरिएमा कानूनी कार्वाहीसहित विद्यालयबाट राजिनामा गरिनुपर्ने राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगरले जानकारी गराएको छ । आज लगाइएको ताला खोल्ने चेष्टा गरिएमा त्यसको नजिता समेत खराब हुन सक्ने नेता खाम्देनले चेतावती दिनुभयो ।
गरिव नेपालीका छोराछोरीहरु अध्ययन गर्ने देशकै नमुना बिद्यालयमा भष्ट्रचार हुनु दुःखद हो, नेता खाम्देनले भन्नुभयो–”घट्ना सत्य हो या होइन भन्ने छानविन समितिले तोकिएको समयभित्र अनुसन्धान गर्नेछ ।’ त्यतिञ्जेलसम्म बिद्यालयको प्रशासन कक्षमा लगाइएको ताला खोलिन्दैन ।
