दमक, १५ असोज–नेपाली कांग्रेस दमकको नव निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम गरिएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दमक नगर समितिको १० असोजमा सम्पन्न नगर अधिवेशनबाट निर्वाचित सभापति प्रकाश प्रसाइँलाई तत्कालिन नगर सभापति रोशन विष्टले शुक्रबार आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका हुन ।

पार्टीका पूर्व जिल्ला सभापति एवं बयोबृद्ध नेता पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभापतिको कार्यभार सम्हाल्दै नव निर्वाचित सभापति प्रसाइँले दमकमा कांग्रेस भित्र कुनै गुट उपगुट नरहने र सबैको भावनाको कदर गरेर अघि बढने उदघोष गरे ।

सभापति प्रसाइँले कांग्रेसको नगर अधिवेशन लगत्तै दमकमा चौथोबाट दोश्रो स्थानमा उक्लिसकेको भन्दै अब दोश्रोबाट पहिलो स्थानमा पुरयाउने निर्णायक भुमिका सबैको काँधमा आएको पनि उल्लेख गरे । सभापति प्रसाइँले आफनो कार्यकाल भर आफूले व्यक्ति प्रवृत्ति नदेखाई सामुहिक भावना राखेर अघि बढने पनि बताए । उनले भने-‘आजैको मितिदेखि म भित्र हामीको भावना राखेर अघि बढनेछु । ममाथि तपाइँहरुले गर्नुभएको विश्वासमा घात हुन दिने छैन ।’

कार्यक्रममा नगर सभापतिका निकटतम प्रतिस्पर्धी पर्शुराम रिजालले कांग्रेसको संगठनलाई चलायमान बनाउँदै सबैको अपनत्व महसुस हुने गरि यो नेतृत्वले काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

निवर्तमान नगर सभापति एवं सभापती पदका अर्का प्रत्यासी रोशन विष्टले आफनो कार्यकालमा शुरु गरिएका कतिपय महत्वपूर्ण कामहरुको बारेमा चर्चा गर्दै ति कामहरुलाई अबको नेतृत्वले विना आग्रह पूर्वाग्रह अघि बढाउनु पर्ने सुझाव दिए । उनले आफनो कार्यकालमा नगरमा स्थानीय चुनावमा पार्टीले निर्वाचन जित्न नसकेको कारण आफनै नेतृत्वमा पार्टीलाई विजयी गराउने उद्धेश्यले मात्रै आफू १४ औं महाधिवेशनमा उभिएको तर्क गरे ।

विष्टले आफू सभापति नरहँदा पनि पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउने देखि पार्टीका हरेक कृयाकलापमा आफू सक्रिय भइरहने प्रतिबद्धता जनाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *