दमक, १५ असोज–झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा प्रधानध्यापक र लेखापालद्वारा करोडौ रकम हिनामिनाको घट्नाप्रति दमकमा क्रियाशिल पाँच बिद्यार्थी संगठनले संयुक्त प्रेष बिज्ञप्ति प्रकाशन गर्नुका साथै विद्यालयमा ताला समेत लगाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, नेवि संघ, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी) र राष्टिय प्रजातान्त्रिक विद्यार्थी संघले आज शुक्रबार साँझमा विज्ञप्ति मार्फत विद्यालय जस्तो सवेदनशील संस्थामा भएको रकम हिनामिनाको घोर निन्दा गर्दै घटनाको सत्य र तथ्य छानवीन माग गरेका छन् ।
साँझमा विद्यालयमा भेला भएका पाँच विद्यार्थी संगठनका नेताहरुले सामुदायिक विद्यालयमा भएको आर्थिक हिनामिनाको घट्नाले दमकको बदनाम भएको र सो घट्नाको छानवीन गर्ने समितिले स्वच्छ, पारदर्शितासहित सत्य र तथ्य बाहिर ल्याउन माग गरेका छन् । आजै विद्यार्थी संगठनका नेताहरुले विद्यालयका प्रधानध्यापक र लेखा शाखाको कार्यालयमा ताला लगाएका छन् ।
पाँच विद्यार्थी संगठनद्वारा सक्षिप्त विरोध कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य एबम् दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति रोशन भण्डारीले आर्थिक अनियमिताको सम्बन्धमा सम्पूर्ण विद्यार्थी र अभिभावहकहरुमा पर्न गएको नकारात्मक असरप्रति गम्भिर भएको बताएका छन् । उनले यस घटनालाई गहिरो अनुसन्धान गरेर तत्काल बाहिर ल्याउनु पर्ने समेत माग गरे ।
नेता भण्डारीले घटनाको यथार्थलाई तोडमोड गर्न नपाइने, अनुसन्धानलाई विचमै तुहाउन नपाइने जस्ता माग गर्दै छानवीन समितिमा समाजका इमानदारी र कुनै खालको वादविबादबाट नमुछिएको व्याक्तिलाई समावेश गरिनुपर्ने माग गरेका छन् ।
सोही अवसरमा राप्रवि संघका नेता तथा दमक बहुमुखी क्याम्पसका स्ववियू कोषाध्यक्ष शुनिल धिमालले अनुशासनह्रिन कार्यको भत्र्सना जति गरेपनि त्यो थोरै मात्र हुने बताए । उनले विद्यालय जस्तो सवेदनशिल संस्थामा आर्थिक हिनामिना भएको खबर सार्वजनिक हुदाँसम्म विद्यालय प्रधानध्यापक र लेखापालले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने हो तर उनीहरु चुप लागेर बसिरहनुले नेपालको शैक्षिक संस्था र प्रशासन कमजोर भएको बताए ।
त्यस्तैं, नेवि संघ दमक नगर उपभापति ललित मगर, अनेरास्ववियू (क्रान्तिकारी) दमक नगर अध्यक्ष पर्वत सुवेदी, समाजवादी विद्यार्थी युनियनका दमक नगर अध्यक्ष आकाश लिम्बू र राप्रवि संघ जिल्ला सचिव सोभित न्यौपानेले हस्ताक्षर गरेको संयुक्त प्रेष विज्ञप्तिमा शैक्षिक माफिया र भष्ट्रहरुलाई संरक्षण गर्ने कोशिष गर्न वा गराउनेलाई समेत कार्वाही गर्ने चेतावनी दिएका छन् ।
मुलकै नमुना विद्यालयमा केन्द्र, प्रदेश र स्थानीय सरकारको ठूलो लगानी रहेको र सयौको संख्यामा अध्ययनरत विद्यार्थीहरुको लगानीलाई प्रधानध्यापक र लेखापालले गरेको व्यवहारले विद्यार्थी संगठनको गम्भिर ध्यानकर्षण भएको समेत विज्ञप्तिमा भनिएको छ ।

