गोबिन ल्वागुन/शिबसताक्षी, १६ असोज–दलित आत्मारक्षाका अभियान्ता डाक्टर मित्र परियारले राज्य सत्ता र धार्मिक सक्ताको कारणले गर्दा दलित समुदायलाई तल्लो बर्गमा राखिएको बताउनुभयो । आज शनिबार झापाको शिबसताक्षिमा नगरका दलित अगुवाहरु संगको अन्तरक्रियात्मक कार्यक्रममा यस्तो बताउनुभाएको हो ।
दलित समुदायको आस्थाको केन्द्र समेत रहेका डाक्टर परियारले उक्त अन्तरक्रियामा दलित समुदायामा भएको बिभेदको चर्चा प्रस्तुत गर्नुभयो । उहाँले दलित समुदायको नेतृत्व दलितले नै गर्नु पर्छ अनि मात्र दलित समुदायमा हुने बिभेदको अनत्य हुने बताउनुभयो ।
फरक प्रशगमा उहाँले दलित समुदायको दिमाग ब्रामणबादले कब्जा गरेको आरोप समेत लगाउनुभयो । किनकी ब्रामणले लेखेको किताब ब्रामणले नै पढाउने र परिक्षापछि चेक जाँचपनि ब्रामणले नै गर्ने गर्दछन यो सत्य हो यही भएर दलित समुदायमा ब्रामणबादको हेपाह बिचार लादिएकोले ब्राहमणबाद बाट मुक्ति पाउनको लागी देशका सम्पुर्ण दलित एक जुट भई बिद्रोह गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।
उक्त अवसरमा वडा नम्बर १०को दलित महिला सदस्य कमला रसाइलीले दलित सदस्य हरुलाई जिम्मेवारी बाट बञ्चित गराएको रे बैठकमा कोरम पुर्याउन हस्तक्षर गर्न मात्रैको सदस्य भएको बताउनुभयो । त्यसैगरि उहाँले राजनितिक दलले पनि दलित समुदायलाई भोट बैकको रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो ।
सोही अवसरमा दलित अधिकार समन्वय नगर समितिका संल्लहकार संयोजक ज्ञानेन्द्र शंकरले सदियौ देखि दलित समुदायले झेलेको भेदभाबलाई सान्तावन्न दिन राज्यबाट आरक्षण कोटा निधारण गरिएको भए पनि उपल्लो समुदायले डाह गर्ने गरेको दुःखेसो गर्नुभयो ।
दलित समन्वय नगर समिति शिबसताक्षीको आयोजनामा भएको कार्यक्रममा ५० बडिको संख्यामा दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा समितिका उपाध्यक्ष मोहन सुन्चिउरी लगायतले समुदायमा भएको बिभेद र राज्यले गर्नु पर्ने भुमिका सम्बन्धी जिज्ञशा राख्नुभएको थियो ।
दलित समन्वय नगर समितिका अध्यक्ष खगेन्द्र लम्जेलको अध्यक्षतामा भएको कार्यक्रम सचिब पुर्ण लाकान्द्रीले संचालन गर्नुभएको थियो ।
