दमक, १६ असोज–स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले १२औं बार्षिक साधारणसभा औपचारिक रुपमा आज (शनिबार) सम्पन्न गरेको छ । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको संस्थाले ९ असोजमा दमकस्थित कार्यालयबाट सुभारम्भ गरी झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लाबारीसहित ७ वटा इकाईका सदस्यहरुको उपस्थितिमा माइनुट प्रमाणिकरण गर्दै १२औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको हो ।
दमक-६ बेलडाँगी रोडमा अवस्थित स्वर्णलक्ष्मी कम्पलेक्समा आयाजित वार्षिक साधारणसभामा सञ्चारकर्मी भुमिराज पराजुली, संस्थाका पुर्ब सञ्चालक समिति सदस्य मोहन खतिवडासहित उत्कृष्ट करोबार गर्ने सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कर्मचारीतर्फ यसवर्ष पुरस्कृत हुनेहरुमा कमल गतौला (स्कोर अप द स्वर्णलक्ष्मी) सानी भट्टराई (फस्ट रनर अप), झलक गौतम (स्कोर अप द स्वर्णलक्ष्मी सेकेण्ड रनर अप), उत्कृष्ट कर्मचारी बसन्त भट्टराई र हिरो अप द स्वर्णलक्ष्मीबाट दुर्गा प्रसाद गुरागाई छन् । गुरागाई उर्लाबारी सेवा केन्द्र प्रमुख हुन् । भट्टराई दमकस्थित कार्यालयमा नगद प्रमुख हुन् ।
संस्थाका अध्यक्ष रवी न्यौपानेको अध्यक्षतामा र राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकालको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभामा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम नेउपानेको उपस्तिथि थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेद्वारा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैं, सोही वार्षिक साधारणसभामा लेखा संयोजक शिवकुमार अधिकारीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाले गत असार मसान्तसम्ममा रु १ अर्ब ८ करोड बढीको वासलात कारोबारसहित रु २ करोड १८ लाख बढी आम्दानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसअघि, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ९ असोजबाट इकाई १ को सधारणसभा सुरु गरी १० गते इकाइ २, ११ गते इकाइ ३, १२ गते इकाई ४ झिल्झिले र इकाइ ५ सुरुङ्गा, १३ गते इकाई ६ गौरादह, १४ गते इकाइ ७ उर्लाबारीको सधारण सभा सम्पन्न गरिएको केन्द्रीय कार्यालयका मुख्य व्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभएको छ ।
संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई मुख्य व्यवस्थापक कमल घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

