धरमपुर, १६ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बूवान मञ्चले झापाको शिबसताक्षी–१ धरमपुरमा दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनबाट ज्ञानुहाङ शेर्माको अध्यक्षतामा १८ सदस्यीय वडा कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिका उपाध्यक्षद्धयमा उमानाथ दमाई र चन्द्रबहादुर थेबे, सचिवमा मनिता आङदम्बे, कोषाध्यक्षमा मनामाया नेम्बाङ छन् । त्यस्तैं, सोही समितिका सदस्यहरुमा डम्बर कुमार लिम्बू, सन्तकुमार चेम्जोङ, गजेन्द्र चेम्जोङ, गणेशमान चेम्जोङ, बृखबहादुर चेम्जोङ, रुचना चेम्जोङ, चन्द्रबहादुर समाल मगर, सेवन्तीदेवी आचार्य, याम शेर्मा, भवानी नेम्बाङ, कलमान योङहाङ र चन्द्र सिवा छन् ।
बिचारी लावतीको अध्यक्षतामा र प्रदेश १ का माननीय सांसद तथा संघीय लिम्बूवान मञ्चकी केन्द्रीय उपाध्यक्ष बिष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो ।
सो वडा सम्मेलनमा केन्द्रीय सदस्य भीमबहादुर सुनुवार, दिलबहादुर सेरेङ, जसवहादुर तामाङ, झापा जिल्ला समिति अध्यक्ष धनबहादुर पन्धाक, सचिव राजा आङ्थुपो, सदस्य नरेन्द्र लावती, एलभी केन्द्रीय फिल्ड कमाण्डर सुमन सम्बाहाम्फे, संघीय विद्यार्थी युनियनका संघीय सदस्य किराती बिबेक सुनुावर, निवर्तमान केन्द्रीय एलभी प्रवक्ता राजु राई, टेकबहादुर संयोक्पा तुम्सा, देवेन्द्र आङदेम्बे, निवर्तमान एलभी उपकमाण्डर चेतन चेम्जोङ, शिबसताक्षी अध्यक्ष प्रकाश लिङ्देन, कोषाध्यक्ष समीर चेम्जोङको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समिर योङहाङले र सञ्चालन दुर्गा बहादुर चेम्जोङले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएकाहरुलाई पार्टीको तर्फबाट स्वागत सम्मान गर्दै सदस्यता समेत वितरण गरिएको थियो । त्यस्तैं, कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्नुहुनेहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
