दमक, १७ असोज–झापाको दमक–२ मा अवस्थित हिमालय माध्यमिक विद्यालयमा आर्थिक अनियमिता भएको घट्नाप्रति नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले प्रेष विज्ञप्ति मार्फत गम्भिर ध्यानकर्षण गराएको छ ।
नगर कमिटी अध्यक्ष महेश घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशकै नमुना विद्यालयको रुपमा स्थापित सामुदायिक विद्यालयमा कार्यरत प्रधानध्यापक र लेखापालको नाम जोडिएर आएको विषयप्रति पार्टी नगर कमिटीले ध्यानकर्षण गराएको हो ।
गरिवका छोराछोरीहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा आर्थिक अनियमिता भएको घट्ना बाहिर सार्वजनिक हुनुलाई ठूलै गिरोहको साथ र सहयोग हुन सक्ने विज्ञप्तिमा भनिएको छ ।
एक सातादेखि दमकको समुदायिक विद्यालयमा यति धेरै ठूलो आर्थिक अनियमिता भएको भन्ने सञ्चार माध्यमहरु लगायत सामाजिक सञ्जालमा समेत चर्चा र वहश भइरहेको भएपनि नगरपालिकाले यस विषयमा मौन वस्नुले सर्वसाधरणको आशंका उत्पन्न हुने विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, शिक्षा शाखा र नगर कार्यापालिकाले विद्यालयमा आर्थिक हिनामिना वा अनियमिता विषयप्रति वेवास्ता गर्दै बसिरहनु नहुने नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले विज्ञप्तिमा आफ्नो धारणा राखेको छ ।
विज्ञप्ति मार्फत विद्यालयका पैसा हिनामिना वा अनियमितामा संमलग्न सवैलाई कानूनी कार्वाहीमा ल्याउन समेत सम्बन्धीत पक्षको ध्यानकर्षण गराएको छ ।

