दमक, १७ असोज–झापाको दमकका युवा उद्यमी, व्यवसायि र सामाजिक अगुवाहरुले स्थापना गरेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । १५ असोज (शुक्रबार) देखि सुभारम्भ संस्थाको १०औं वार्षिक साधारणसभा हिजो (शनिबार) र आज (आइतबार) सम्म सञ्चालन गरिएको थियो ।
दमक–६ हाईवे लाइनमा अवस्थित संस्थाको कार्यालयमा आयोजित वार्षिक साधारणसभाको समापनमा सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति र कर्मचारीहरुबीच अन्तरक्रियात्मक छलफपल भएको छ । संस्थाका अध्यक्ष अशिम राईका अनुसार कोरोना संक्रमणको कारण साधारणसभालाई तिन दिनसम्म सञ्चालन गरिएको हो ।
अध्यक्ष राईले सदस्यहरुले आफ्नो अनुकुलता मिलाएर साधारणसभामा आउने र संस्थाले तयार गरेको वार्षिक प्रतिवेदन लगेर अध्ययन गर्ने समय दिएको र त्यस सम्बन्धमा आवश्यक सुझावहरु संकलन गरिएको बताए ।
अध्यक्ष राईका अनुसार आगामी आर्थिक वर्षभित्रमा संस्थाले सदस्यहरुका लागि कारोबार क्षेत्रलाई अझ धेरै फराकिलो र बृद्धि गर्दै सदस्यहरुप्रति स्वरोजगार मुलक कार्यक्रमहरु मार्फत लगानी बढाउदै जाने योजना रहेको छ ।
ुवार्षिक साधारणसभाको उद्घाटन शक्रबार गरिएको थियो । साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाले गर्नुभएको थियो ।
आज आयोजित समापन कार्यक्रममा सञ्चालक समितिका अध्यक्षमा अशिम राई, उपाध्यक्ष सम्झाना साँवा, सचिव सुमन कुमार राई छन् । त्यस्तैं, सञ्चालक समितिका सदस्यहरुमा नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती र युवराज दंगाल छन् । लेखा समितिको संयोजकमा खेमराज पौडेल, सदस्यहरुमा कविता फागो र माया राई लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तैं, ऋण उपसमिति संयोजकमा अनिमा तामाङ, सदस्यहरुमा निर्मला लावती र नारायण प्रसाद खरेल छन् । धितो मुल्यांकन समितिको संयोजकमा युवराज दंगाल र सदस्यहरुमा अनिमा तामाङ र माया राईको उपस्थिति थियो ।
संस्थाको कर्मचारीहरुमा व्यवस्थापक हरिप्रसाद दाहाल, लेखापालमा अनमोल तामाङ, क्यासियर प्रसम्सा श्रेष्ठ छन् । त्यस्तैं, बजार प्रतिनिधिहरुमा सुमित सुब्बा, अस्मिता राई र कौसिला ताजपुरिया छन् ।
