शिबगञ्ज, १७ असोज–नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल नेपाल) को शिबसताक्षी–४, ५ र ७ मा वडा स्तरीय कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं ४ मा गुरुप्रसाद माझीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी, वडा नं ५ मा चित्रकुमार श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी र वडा नं ७ मा गौरब बजगाईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
शिबसताक्षी–७ को चन्द्रडाँगी बजारमा आयोजित भेलाले गौरब बजगाई अध्यक्षमा चुनिएका हुन् । वडा कमिटीको सचिवमा विबेक आचार्य, कोषाध्यक्षमा प्रमिला दर्नाल चुनिएका छन् ।
त्यस्तैं, शिबसताक्षी–५ जनता बजारमा आयोजित भेलाले चित्रकुमार श्रेष्ठलाई अध्यक्षमा र उपाध्यक्षमा मेघराज ताजपुरिया, सचिवमा बिक्रम लिम्बू र सहसचिवमा भैरब ताजपुरिया चयन भएका छन् ।
वडा नं ४ को भेलाले गुरुप्रसाद माझीलाई अध्यक्षमा चुनेका छन् । उपाध्यक्षमा कुलदिप ताजपुरिया, सचिवमा राजेश ताजपुरिया, सहसचिवमा बधकरन राजवशी र कोषाध्यक्षमा भिमवति माझी चयन भएका छन् ।
सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का झापा जिल्ला सह इन्चार्ज समेत रहनुभएका प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक भलदसिहं दर्लामी, प्रदेश कमिटी सदस्य एबम् नेत्री कल्पना कार्की, जिल्ला सचिवालय सदस्य रामबहादुर राई, वाइसिएल नगर अध्यक्ष इन्द्र न्यौपाने, नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराईले नव गठित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका झापा सहइन्चार्ज तथा सांसद दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा वाइसिएल नगर कमिटीका पुर्व अध्यक्ष एबम् नेकपा (माओवादी केन्द्र) का नगर सदस्य भुवन राई, नेत्री कचाली ताजपुरिया, गणेश बजगाइ, गुलाफी ताजपुरिया, वाड नम्बर ७ का वडा कमिटी अध्यक्ष अम्बिका अधिकारी, सचीव चैतु राजवंशी, वाड नम्बर ४ का अध्यक्ष शिव बिमली, सचिव टेक नारायण राजवंशी, वाड नम्बर ५ का अध्यक्ष हलचल ताजपुरिया, सचीव नरबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका नगर सदस्य तथा वाइसिएलका नेता भुवन राईले गरेका थिए । त्यस्तैं, कार्यक्रममा स्वागत मन्तव्य शिव विमलीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता कृष्ण राजवंशीले गरेका थिए ।
