दमक, १८ असोज–स्वर सम्राट नारायण गोपालको ३०औं स्मृति दिवसको अवसर पारेर आज झापाको दमकमा वरिष्ठ लोक गायक एलपी जोशीलाई सम्मान गरिएको छ । नेपाली लोक गीतसंगीतको क्षेत्रमा विशेष योगदान पुरयाए वापत जोशीलाई ताम्रापत्रसहित २५ हजार नगद राशीले सम्मान गरिएको हो ।
स्वर सम्राट नारायण गोपाल संगीत कोषका महासचिव एबम् काठमाण्डौ महानगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष्ँ दिपक केसीको अध्यक्षतामा र दार्जीलिङका वरिष्ठ स्रष्टा जीवन अधिकारीको प्रमुख आतिग्थयतामा कार्यक्रम भएको हो ।
दमकको डि-टाउन होटलमा आयोजित कार्यक्रममाा नारायण गोपाल संगीत कोषका सदस्य एबम् संगीतका राजकुमार श्रेष्ठले वरिष्ठ लोक गायक जोशीलाई यस वर्षको स्मृति दिवसमा सम्मान गरिएको बताउनुभयो ।
सम्मानित जोशीका वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर, रिटिङ रिटिङ नबजाउ विनायो जस्ता दर्जनौ चर्चित लोक गीतहरु छन् ।
सो कार्यक्रममा दमक प्राज्ञा प्रतिष्ठानका अध्यक्ष एबम् समालोचक हेम अधिकारी, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, साहित्यकार सुमित्रा बाङदेल चेली, दिलिप राई सगर, संगीतकार अनिल फागो, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी नवराज कार्की लगायतको उपस्थिति थियो ।
धनकुटे कान्छाले सञ्चालन गरको कार्यक्रममा नारायण गोपाल संगीत कोषका सदस्य राजकुमार श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
नारायण गोपालको स्मृतिमा काठमाण्डौंको महाराजगञ्जस्थित स्वर सम्राट नारायण गोपालको निवासमा हुने गर्दछ ।
