शिबगञ्ज, २० असोज–झापाको शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) इकाई कमिटी गठन गरिएको छ । शिबसताक्षी–६ मा अवस्थित शिबगञ्जब बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) ले इकाई कमिटी गठन गरिएको हो ।
नेकपा (माओवादी) केन्द्र शिबसताक्षी नगर कमिटीका अध्यक्ष महेन्द्र भट्टराईका अनुसार क्याम्पस इकाई कमिटीमा विकास महताको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।
सो कमिटीका उपाध्यक्षत्रयमा मनिषा राजवंशी, कुशिला ताजपुरिया र लक्ष्मण राजवंशी छन् । त्यस्तैं, सचिवमा विशाल राजवंशी, सहसचिवत्रयमा आदेश घिमिरे, मञ्जु बमजम तामाङ र भाले शंकर राजवंशी छन् भने कोषाध्यक्षमा ममता राजवंशी चुनिएका छन् ।
सो कार्यक्रममा नगर अध्यक्ष भट्टराई, अखिल क्रान्निकारी झापाका सचिव राजन चापागाई, नगर सदस्य सञ्जय राई, माधव बास्कोटा लगायतले नव गठित कमिटीका पदाधिकारीहरु र सदस्यहरुलाई बधाई तथा सफल कार्याकालको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर कमिटीका अध्यक्ष महेन्द्र भट्टराईले शिक्षालाई प्राबिधिक र ब्याबहारिक बनाउन कुरामा जोड दिदै शिक्षामा आबस्यक बजेट बिनियोजन गरिनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला सदस्य देबु चापागाईं र भेसराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका नगर अध्यक्ष बिरेन्द बस्नेतले सचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वसन्त ताजपुरिया र स्वागत भेसराज आचार्यले गरेका थिए ।

