जनकपुरधाम, २१ असोज–प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइको विश्वासको मत प्राप्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिनुभएको हो ।

राउतलाई उहाँकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मत दिएका छन् ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । विपक्षमा २३ मत परेको छ ।

बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए भने ४ जना सांसद भने अनुपस्थित भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *