धरमपुर, २२ असोज–झापाको धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनबाट पुर्नः ताराप्रसाद गौतम सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएका छन् ।
शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यामिक विद्यालयमा हिजो ९विहिबार० आयोजित वार्षिक साधारण सभा तथा अधिवेसनबाट गौतमसहित सञ्चालक समिति र लेखा समिति चयन भएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा लयप्रसाद गौतम, सचिवमा तेजेन्द्र घिमिरे, सहसचिवमा इन्द्रकुमारी पाण्डे, कोषाध्यक्षमा टंक न्यौपाने सर्वसम्मत चयन भएका छन् । त्यस्तैं, सदस्यहरुमा गर्जबहादुर राई, सितादेवी पोख्रेल, मेलिना कार्की, दिलकुमारी वस्नेत, केदार कार्की र मोतिलाल खवास चुनिएका छन् ।
सोही साधरणसभाबाट लेखा सुपरिक्षेणको संयोेजकमा रमेश बयलकोटी, सदस्यहरुमा बेनुमाधव रिसाल र सुक्ष्मा भण्डारी चुनिएका छन् ।
सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, लेखा समितिको संयोजक र सदस्य पदका ३ स्थानमा प्रत्यासी उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका थिए । लामो समयपछि निर्वाचन समिति समक्ष सहमति सहितको नेतृत्व चयनमा प्रत्यासीहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
गौतम संस्थापक अध्यक्ष हुन् । गौतम लगातार तिन कार्याकाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कृषि क्षेत्रका जानकारी गौतमले संस्थाको उन्नती र विकासमा महत्वपूर्ण योगदान गरेका संस्थाका सेयर सदस्यहरु बताउँछन् ।
यसअघि, १० वार्षिक साधारणभसा तथा तेस्रो अधिवेसनमा अध्यक्ष ताराप्रसाद गौतमले आर्थिक वर्ष २०७७।०७८ मा चुक्ता शेयर पूँजीतर्फ रु १०५०६५००, निक्षेपतर्फ रु ७५०९७९४१ं।२१, निक्षेप फिर्ता रु ७०४५०४७६।८६, ऋण लगानीतर्फ रु ३,५८,३७,३६७।६१ र ऋण असुलीतर्फ रु २, ६६,५६,५२६।१९ सहितको आय(व्यय र आगामी आर्थिक वर्ष ०७८।०७९ का योजना र कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तैं, संहकारी संस्था मार्फत शेयर सदस्य र गैह्र शेयर सदस्यहरुलाई कृषि क्ष्ँोत्रमा सवलीकरण गर्दै उनीहरुको क्षमतामा बृद्धि गर्न माछा, कुखुरा, सुगुर, खसी, बाख्रा, गाई र भैसीमा उन्नत जातका वीउ र उनीहरुको स्वास्थ्यमा हेरचार लगायतका तालिम र गोष्ठी आयोजना गरिने । मौसमी र बेमौसमी तरकारी बाली सम्बन्धी, विषादी रहित तरकारी उत्पादनमा कृषकहरुलाई प्रोत्साहन हुने, कृषकलाई यान्त्रिकतर्फ प्राविधिक ज्ञान र त्यसको प्रयोग बारेमा सहजिकरण गर्दै त्यसको पहुँचमा ल्याउन कार्यक्रमहरु सञ्चालन गरिने प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
ृउद्घाटन कार्याक्रममा संस्थामा दुधतर्फ दैनिक बचत गर्नेहरुबाट उत्कृष्ट माधव भट्टराई, तरकारीतर्फ उत्कृष्ट चतुरमान ओझा पुरस्कृत भएका छन् । उनीहरुलाई सम्मानपत्र, नगद रुपैया र दुध बोक्ने ५ लिटरको ट्याम्की र विषादी पयोग गर्ने ८ लिटरको स्प्रे मेसिन वितरण गरिएको थियो ।
त्यस्तैं, उत्कृष्ट खुत्रुके बचतकर्तामा रविनन्दन महतो, दैनिक वचतकर्तामा श्यामबहादुर थापा, असल ऋणितर्फ देवीमाया खुलाल, उत्कृष्ट महिला जेष्ठ शेयर सदस्यतर्फ मधुमाया काफले, उत्कृष्ट पुरुष ज्येष्ठ शेयर सदस्यतर्फ महेशचन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ ।
यता, संस्थाका कर्मचारी मध्ये उत्कृष्ट मनोज लामा मोक्तान पुरस्कृत भएका छन् । पुरस्कृत सवैलाई संस्थाको तर्फबाट नगद रुपैया सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा संस्थाका शेयर सदस्य करणबहादुर तामाङको निधन भएकोमा संस्थाले शोकसमवेदना सहित रु २० हजार प्रदान गरिएको छ । त्यस्तैं, शेयर सदस्य लक्की यल्मुको श्रीमान अर्जुन तामाङक र शेयर सदस्य कुमार लिम्बूको श्रीमती दिलरानी लिम्बूको निधन भएकोमा समेवदना पत्रसहित रु १० हजार राहत वापत प्रदान गरिएको छ ।
२०६८ सालमा स्थापना भएको हाम्रो हातेमालो कृषि सहकारी संस्थामा हाल ५ सय ५४ जना शेयर सदस्यहरु छन् । मूख्यतय कृषि क्षेत्रमा काम गरिरहेको सहकारी संस्थाले वित्तिय कारोबारका सवै कार्य गरिरहेको छ । साविक धरमपुर अन्तर्गतका शिबसताक्षी–१, २ र ३ मा कार्यक्षेत्र बनाएको सहकारी संस्थाले आगामी वर्षदेखि शिबसताक्षीको अन्य वडाहरुमा समेत कार्यक्षेत्र बनाएर काम गर्ने योजना राखेको छ ।