धरमपुर (शिबसताक्षी), २२ असोज–भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले झापाको शिबसताक्षीमा नेपाल सन्थाल आदिवासी उत्थान संघ गठन गरिएको छ । सन्थाल समुदायका अगुवा स्थानीय सामाजिक तथा राजनीति व्याक्तित्व सुन्दरलाल मर्डीको अध्यक्षतामा ११ जना रहेको सन्थाल आदिवासी उत्थान संघ शिबसताक्षी नगर समिति गठन गरिएको छ ।

पत्रकार तलु वास्केले आफेनो फेसबुक मार्फत सन्थाल आदिवासी उत्थान संघ शिबसताक्षी नगर समिति गठन गरिएको बारेमा नाम र तस्विर सार्वजनिक गर्नुभएको छ । वहाँको फेसबुकमा सार्वजनिक भएको विवरण अनुसार संघको उपाध्यक्षमा लुखि बेश्रा, सचिवमा तलु वास्के, सहसचिवमा रेखा कुमारी किस्कु, कोषाध्यक्षमा धनी सोरेन छन् । त्यस्तैं, संघको सदस्यहरुमा देवान टुडु, मन्झि हेमरम लगायत छन् ।

नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाका उपाध्यक्ष कुन्दन मुर्मू र सचिव विक्रम किस्कुको उपस्थितिमा शिबसताक्षीमा नगर स्तरीय सन्थाल आदिवासी उत्थान संघ गठन गरिएको पत्रकार एबम् नवगठित संंघका नगर सचिव तलु वास्केले जानकारी गराउनुभयो ।

नवगठित समितिले नगरभरीका सन्थालहरुको जनसंख्या, उनिरुको अवस्था, शैक्षिक तथा आर्थिक प्रगति लगायतका बारेमा आगामी कार्ययोजनासहित लगत संकलन गरिने वास्केले जनाउनुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *