केराबारी, २३ असोज–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज उत्तरी मोरङ्गको केराबारीस्थित बीमितिको निधनपछि आश्रित परिवारलाई घर-घरमा गएर ७८ लाख ७५ हजार बराबरको बीमालाभ भुक्तानी गरेको छ ।
विभिन्न समयमा बीमा सुरु गरी मृत्यु भएका चारको आश्रित परिवारलाई मृत्यु दावी बापत ७३ लाख ७५ हजार १ सय ६७ रुपैया र घातक रोग लागेका एकजना बिमितलाई उपचार खर्च ५ लाख रुपैयया रकम हस्तान्तरण गरिएको हो ।
कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको८ महिनापछि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएपछि देवानको श्रीमति गंगा माया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६ सय ६७ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका केराबारी १० का समाजसेवी राजनीतिककर्मी चुरानसिंक विकको श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगतको बीमालाभ भुक्तानी गरिएको छ ।
६ वर्षअघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २सय २८ रुपैया प्रिमियम वुझाउदै आउनुुभएका विकको मृत्युपछि उहाको श्रीमति अम्बिका बराइलीलाई बीमांक र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, केराबारी १० काबीमिति हस्तवहादुर मगर(सनम) को श्रीमतिकविता मगरलाई १ लाख रुपैयाको चेक हस्तान्रण गरेको छ ।
बिमित श्रायन मगरको बुबा हस्त वहादुर मगरले कम्पनीमा बाल अमृत बीमालेख अन्र्तगत १ लाखको बीमा गरी वार्षिक ७६८४ का दरले ५ वर्षको किस्ता वुझाउनु भएको थियो । उहाँको निधन बीमा पोलिसीको नियमानुसार बीमांक एक लाख रुपैया प्रदान गर्नुभएको हो । अव उनको बीमाको किस्ता तिर्नु नपर्ने र बीमा अवधिपछि पुन लगभग २ लाख प्रदान गरिने पत्र समेत हस्तान्तरण गरिएको छ ।
यसैविच, बैदेसिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बिमित रञ्जित सूब्बा लिम्बूको श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ।
कम्पनीले केराबारीमा पहिलो पटक घातक रोगउपचार खर्च पनि प्रदान गरेको छ । एक वर्षअघि ५ लाखको बीमा गर्नुभएका केराबारी-१० का बिमित हर्कमाया मगरलाई मुटुरोग लागेकाले उपचार खर्च बापत ५ लाख रुपैया प्रदान गरिएको हो ।
चेकहरु प्रदान गर्न कम्पनीका प्रदेश नं का प्रमुख नरेन्द्र राई,, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष किशान शाहीलगायतका अभिकर्ताहरु घर-घरमा पुग्नुभएको थियो ।
