गोविन ल्वागुन/डुडामारी, २३ असोज–झापाको शिबसताक्षी–८ डुडामारीमा रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५औ बार्षिक साधरणसभा सम्पन्न गरेको छ ।

संस्थाले भगवती आधारभुत बिध्यालयको सभाहलमा १५औ बार्षिक साधरणसभा सम्पन्न गरेको हो । २०६३ साल पौष १९ गते संस्था दर्ता भई बिभिन्न आरोह अबरोहकाबीच १५औ बसान्त पार गर्न सफल भएको छ ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष पदमशुन्दर भण्डारीले बार्षिक प्रतिबेदन प्रस्तुत गुर्नभयो । अध्यक्षद्धारा प्रस्तुत ०७७/०७८को बार्षिक प्रतिबेदनमा संस्थाले २७ लाख ९९ सय हजार ७ सय ९७ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।

त्यस्तैं, आगामी आर्थिक बर्षमा खुद नाफा ३० लाख बढी हासील गर्ने लक्ष्य रहेको अध्यक्षको प्रतिबेदनमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी–८ का अध्यक्ष केहेरसिह बस्नेतले सहकारी नाफामुखी नभई सेवामुखी हुनुपर्ने भताउनुभयो । उहाँले सहकारीले सेयर सदस्यहरुको जिबिको पार्जनमा टेवा पुग्ने र उत्पादनमुलकतर्फ लगानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नगरिक सदस्य दिलबहादुर कुँवर तथा चुलाचुली सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष दलकुमार शेर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कोरोना कहरका कारण गत आइतबारबाट नै शुरुभएको संस्थाको बार्षिक कार्यक्रमको शनिबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष जयश्वोर आङेम्बेले गरेका थिए भने संचालन सचिब गंगाप्रसाद ओझाले गरेका थिए । हाल संस्थामा ४ सय १६ जना सेयर सदस्य आबद्ध रहेको जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *