धरमपुर, २४ असोज–जनता बचत तथा ऋण सहकारी संस्थाले आज प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको शिबसताक्षी–१ शुक्रबारे बजारमा रहेको संस्थाले प्रथम वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु र उत्कृष्ट कर्मचारीलाई मान, सम्मान र पुस्स्कृत गरेको छ ।
संस्थाका अध्यक्ष वीरेन लकान्द्रीको अध्यक्षतामा संस्थाको वार्षिक साधारणभाको उद्घाटन सत्रमा बाल बचततर्फ सुम्निामा राई, उत्कृष्ट बचततर्फ गीता बुडाथोकी, अर्जुन विक्रम तुम्बापो, विक्रम घिमिरे, भीमबहादुर विश्वकर्म, सोमनाथ नेपाल, भोजराज सिटौला, सरोज खडका, हरिबहादुर थापा, दीपक श्रेष्ठ र गोपाल कोइरालालाई पुरस्कृत गरिएको थियो ।
त्यस्तैं, संस्थाको प्रथम वार्षिक साधारणसभाको अवसर पारेर असल ऋणीतर्फ विमला लिम्बू, देवीमाया खुलाल, र सरिता तामाङ पुरस्कृत भएका छन् ।
सोही, अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुबीच उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल अञ्जु राई पुरस्कृत भएका छन् । पुरस्कृत सवैलाई संस्थाको तर्फबाट सम्मानपत्र, दोसल्ला, मायाको चिनो सहित नगद रुपैयाद्वार सम्मान गरिएको थियो ।
साधारणसभमा संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष लकान्द्रीले आर्थिक वर्ष २०७७।०७८ प्रतिवेदन प्रस्तुत गरेका थिए । रु २८ लाख ७५ हजार शेयर पुँजी रहेको संस्थामा २७ जना महिला र ५० जना पुरुषसहित जम्मा ७७ जना शेयर सदस्यहरु छन् ।
हाल, धरमपुर साविकको क्षेत्रहरुमा मात्रै दैनिक कारोबारका कार्यहरु सञ्चालन गर्दै आइरहेको सहकारी संस्थाले आगामी दिनमा धरमपुरदेखि बाहिर क्षेत्रमा पनि कारोवारका कार्यलाई सेवा विस्तार गरिने व्यवस्थापक आशिष विश्वकर्मले जानकारी दिनुभयो ।
सो कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक प्रदिपकुमार तामाङm, सल्लाहकार संयोजक जयवहादुर विश्वकर्म, विमला राई, दुर्गा नेम्बाङ, पुर्ण लकान्द्री, धनबहादुर राई लगायतलको उपस्थिति थियो ।
संस्थाका व्यवस्थापक एबम् सञ्चालक समितिका सचिव आशिष विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष त्रानबहादुर विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।

