काठमाडौं, २४ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा आइतबार ५९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।
गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १२ हजार ४०४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
९,२३७ जनाको पीसीआर परीक्षण गर्दा ५६५ जना र ३,१६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।
