धरमपुर, २४ असोज–एकै स्थानबाट खाद्यान्य र कस्मेटीक लगायतका अन्य घरायसी प्रयोजनका सामाग्रीहरु किनमेल गर्न सकिने गरी झापाको धरमपुरस्थित मंगलबारे बजारमा स्थापना भएको ‘हिमाली मार्ट’ले आजबाट औपचारिक सेवा सुचारु गरेको छ ।
शिबसताक्षी-२ हिमाली चौकका मनि राईले सञ्चालनमा ल्याउनुभएको ‘हिमाली मार्ट’को परिसरमा आइतबार विहान एक कार्यक्रमबीच समुद्घाटन भएको छ । हिमाली मार्टका सञ्चालक मनि राईका बयोवृद्ध बुबा शेरबहादुर राईले नरिवल फुटाएर सो मार्टको समुद्घाटन गर्नुभएको हो ।
मार्टमा खाद्यान्य, कस्मेटीक, पेय पदार्थ लगायतका सामाग्रीहरुसँगै कफी र ग्रीन टी पिउने पारखीहरुका लागि उपलब्ध हुने सञ्चालक राईले बताउनुभयो ।
सञ्चालक राईका अनुसार मार्टबाट उपभोत्ताहरुका लागि ताजा, स्वच्छ, सफा र समय नगुज्रिएको सामाग्रीहरु विक्री गरिने जानकारी गराउनुभयो । सवै प्रकारका सामाग्रीमा मूल्य टासिएको छ, राईले भन्नुभयो–’प्याकेजिङ गरिएका खाद्यान्यका सवै प्रकारका सामाग्रीहरु गुणस्तरीय हुनेछ ।’
पेशाले वित्तिय क्षेत्रमा कार्यरत राईले मंगलबारे बजारमा यसअघि नै हिमाली फोटो स्टुडियो एण्ड कम्युनिकेसन समेत सञ्चालनमा ल्याउनुभएको छ । त्यस्तैं, वहाँ मंगलाबारे बजारमै सञ्चालनमा आएको सौजन्य बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक समेत हुनुहुन्छ ।
सञ्चालक राईका अनुसार दिनप्रतिदिन बजारीकरण भइरहेको मंगलाबारे बजारमा स्थानीय उपभोत्ताहरुको समस्या र चाहानालाई मध्यनजर गर्दै हिमाली मार्ट स्थापना गर्नुपरेको हो ।
मार्टमा उपभोत्ताहरु ठगिने पाउने छैन्, यहाँ उचित मूल्यमा उचित सामाग्री पाइन्छ, सञ्चालक राईले भन्नुभयो–’एकै स्थानबाट सवै प्रकारका सामाग्रीहरु पाएपछि समयको पनि बचत हुन्छ ।’




