झिलझिले, २५ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेबाट साप्ताहिक प्रकाशन हुदै आइरहेको सतासी खबरले आज झिलझिलेमा एक कार्यक्रमबीच दशै मिलन तथा पत्रकार/साहित्यकार सम्मान गरेको छ ।
साप्ताहिकले आफ्नो १० वार्षिक उत्सवको अवसर पारेर संस्थापक सम्पादक अनिलदेब राईसहित सात्यिकार, पत्रकार, कम्पुटर प्राविधिक, पत्रिका वितरक र व्यवस्थापन क्षेत्रमा रहेर महत्वपूर्ण योगदान गरे वापत सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा वडा नं १० का वडा सदस्य भाष्कर सिटौला, बुद्धिजिवी उदयप्रकाश राई, बचन राई, राम भेटुवाल, भूवन राई, सुरज आलेमगर, विक्रम लावोती लगायतको उपस्थिति थियो । कार्यक्रमलाई छविलाल डवाडीले स्वागत मन्तव्य राखेका थिए ।
सतासी साप्ताहिकका संस्थापक सम्पादक अनिलदेब राईसहित सोही साप्ताहिकमा साहित्य विधाका सम्पादक विराट किँरातीलाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
हाम्रो सरोकारका सम्पादक अनिलदेव राई, साझा मञ्च डटकमका सह सम्पादक सरोज भट्टराई, सेतो पार्टी तथा सताक्षी न्युज खवरका सम्पादक विनोद सापकोटालाई पनि सम्मान गरिएको हो ।
त्यस्तै, सतासी साप्ताहिकमा काम गर्ने गोविन ल्वागुन, रुपा मुखिया, वसन्तराज लिम्बु, कोपिला अधिकारी, युसा थेवे, र बजार प्रतिनिधि देवेन्द्र निरौला र नारायण शिवकोटीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना दिदै सत्य, तथ्य समाचार सम्पेश्रण गर्न सुझाएकी थिइन् । उनले सतासी साप्ताहिकले महिलालाई प्रोत्साहन गर्दै पत्रकारिता क्षेत्रमा स्थान दिएकोमा धन्यवाद दिएकी थिइन् । उनले नगरबाट सेवा सुविधा यस क्षेत्रमा योगदान गर्ने स्थानीय भिडियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिइन् ।
कार्यक्रममा गजलकार विवश बलिभद्र कोइरालाले गजलका सेरहरुबाट नै शुभकामना मन्तव्य राखेका थिए ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना दिँदै सतासी साप्ताहिकले ग्रामिण क्षेत्र रहेर दश वर्षदेखि निरन्तर पत्रिका प्रकाशन गरेको प्रशंंसा गरेका थिए ।
कार्यक्रमको सञ्चालक सतासी साप्ताहिकका सम्पादक सेलिङ्ग केसीले गरेका थिए भने साप्ताहिकका अध्यक्ष योगेन लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सतासी साप्ताहिकका प्रधान सम्पादक प्रेम याम्फु राई, वडा नं १० का वडा सदस्य भाष्कर सिटौला, बुद्धिजिवी उदयप्रकाश राई, बचन राई, राम भेटुवाल, भूवन राई, सुरज आलेमगर, विक्रम लावोती लगायतको उपस्थिति थियो । कार्यक्रमलाई छविलाल डवाडीले स्वागत मन्तव्य राखेका थिए ।

