दमक, २५ असोज–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज बडा दशैं, दिपावली र छठ लगायतका साँस्कृतिक चार्ड पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नगर कमिटीका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा र एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
दमकको देवकोटा चौकस्थित सिद्धी मार्केटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य बुडाथोकीले वडा दर्शै, तिहार, छठ लगायतले हामी नेपालीलाई एकता र सहकार्यमा लागिरहने प्रेरणा र हौसल्ला प्राप्त होस भन्ने कामना गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, नेकपा (एकीकृत समाजवादी) प्रदेश १ का सदस्य राजेन्द्र दाहाल, नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एबम् दमकका नेता गगन पुरी, नेकपा (एकीकृत समाजवादी) झापाका सहसचिव मणी भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तैं, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुडाथोकी, दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले पनि वडा दशै, तिहार र छठको शुभकामना व्यक्त गर्नुभएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दमक नगर अध्यक्ष तीर्थराज बस्नेत (शंकर), नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य केन्द्र प्रसाई, हरिकृष्ण पौडेल, टिकाराम प्रसाई, युवा संघका केन्द्रीय सदस्य तथा दमक नगर उपाध्यक्ष सुमन कार्की लगायतको उपस्थिति थियो ।
सो कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तुलशी प्रसाद निरौलाले सञ्चालन गर्नुभएको थियो ।






