दमक, २५ असोज–झापाको कमल–७ झर्काहस्थित अरनिको प्राथमिक विद्यालयले आज एक कार्यक्रमबीच विद्यालयको विकास र संरक्षणमा सहयोग गर्ने दाताहरुको मान सम्मान, शिक्षक बिदाई तथा विद्यार्थीहरुलाई ट्राकसुट वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेनुप्रसाद सिवाकोटीको प्रमुख आतिथ्यतामा र कमल गाउँपालिकाका शिक्षा प्रमुख सूर्यप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयलाई १० कठ्ठा जग्गा दान गर्नुहुने स्वर्गीय जहरुलाल धिमाल (कमल ७) को छोरा पदम धिमाल, रु २३ हजार र तीन बण्डल जस्तापाता उपलब्ध गर्नुहुने स्वर्गीय नरमाया श्रेष्ठ (कमल ७) का नाति धर्मराज श्रेष्ठले रु १९ हजार ८ सय ४६ सहयोग गर्नुहुने स्वर्गीय भीमबहादुर वस्नेत (कमल ७) का छोरा दीपक बस्नेत, रु १७ हजार उपलब्ध गर्नुहुने (कमल ७) का स्वर्गीय हरिभक्त निरौलाका छोरा दण्डप्रसाद निरौला, स्वर्गीय ढलक बहादुर पन्तको श्रीमति प्रवित्राले एक बण्डल जस्तापाता, नगद १ हजार र ६० थान ट्राक सुट वितरण गर्नेलाई दोसल्ला ओढाएर सम्मापत्र र पुरुस्कार वितरण गरिएको छ ।
त्यस्तैं, कार्यक्रममा कमल ७ हालः दमक ९ मा बसोबास गर्नूहुने हर्कबहादुर भण्डारलाई आयोजक विद्यालयको तर्फबाट सम्मान गरिएको छ । भण्डारीले एक थान दराज विद्यालयलाई प्रदान गर्नुभएको छ । सो कार्यक्रममा भण्डारीले एक थान दराज, दमक ८ का विनोद सुवेदीले विद्यालयलाई सेलिङ फेन, र टेवल कुर्सी, गौरादह ५ का रमेश भण्डारीले रु १० हजार प्रदान गर्नुहुनुहुनेलाई सम्मान पत्रसहित दोसल्ला ओढाइएको थियो ।
कार्यक्रममा शिक्षक शरणकुमार राईले स्वागत मन्तव्य राखेको थिए भने शिक्षक प्रदिप कोइराला सञ्चालन गर्नुभएको छ ।
यता, सोही कार्यक्रमममा विद्यालयबाट शिक्षकहरु अवकास हुनुहुने इन्द्र केसी र दिपक कुमार बस्नेतलाई विदाई गरिएको थियो ।

