दमक, २६ असोज–होटल र पर्यटन व्यवसायमा लामो समयदेखि क्रियाशिल झापा दमकका दिपक फूयालले विर्तामोडमा गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा ल्याउनुभएको छ ।

बिर्तामोडको मख्य राजमार्गमै अवस्थित कञ्चनजंघा अस्पतालसँग रहेको गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसले दशैं विशेष अवसर पारेर आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

ग्राउण्ड फ्लोरमा रेष्टुरेन्ट एण्ड वार छ । अत्यन्तै सजिसाउट सहितको रेष्टुरेन्ट एण्ड बारमा पिँजा, बरगर, तन्दुरी, मःम, चाउमिन, थुक्पा लगायतका स्वादहरु खान पाइन्छ । त्यस्तैं, नेपाली खाना र कन्टीनेटर खानाहरु पनि सो रेष्टुरेन्ट एण्ड वारमा उपलब्ध हुने छ ।

सो रेष्टुरेन्ट एण्ड वारका सञ्चालक फूयालका अनुसार गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा माछाका विशेष स्वादहरु पाइनेछ ।

माछालाई आगोमा पोलेर विशेष प्रकारले खुवाइने छ, फूयालले भने–’कोकतेल र मोकतेलसहितको सवै प्रकारका पेय पदार्थको व्यवस्था हुने छ । त्यस्तैं, कफी र ग्रीन टी पनि पिउन सकिन्छ ।’

पहिलो फ्लोरमा एसी र नन्एसी डिलक्स रुमहरुसहतिको लजको व्यवस्था गरिएको छ । सोही, फ्लोरमा जन्मदिन मनाउनेहरुका लागि अलग्गै व्यवस्थित हल (कोठा) उपलब्ध गराइने छ’, फूयालले भने । यता, सोही फ्लोरमा मिटिङ वा वैठक कक्ष लगायतका व्यवस्थित सोफाहरुसहितको बस्ने व्यवस्था मिलाइएको छ ।

दोस्रो फ्लोरमा तीन सय जना क्षमतासहितको पार्टी प्यालेस छ । पार्टी प्यालेसमा सहभागिहरुलाई खाना लगायतका अन्य सामाग्रीहरु खाने र पिउनेसहितको छुट्टै कक्षसमेत मिलाइएको छ । सोही, फ्लोरमा डिलक्स कोठाहरु छन् ।

रेष्टुरेन्ट एण्ड वार भएको ग्राउण्ड फ्लोरमा कलात्मक फूलबारी, सानो पोखरी, पोखरीसँगै कन्र्सट गर्ने स्टेज (मञ्च) छ ।

सोही, स्टेजअघि पानीको फोहोरा हुनेगरी सजिसजावट गरिएको छ । आर्कषक संरचनासहितको सजिसजावट फूलबारीसँगै पश्चिमतर्फ ग्राहक एबम् दर्शकहरुका लागि टेवल र सोफा राखिएको छ ।

तिन करोडसम्म अनुमानित खर्च सहित विर्तामोडमा गोल्डेन आई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसलाई सुविधा सम्पन्न बनाउने सञ्चालक लागिपरेका छन् ।

रेष्टुरेन्टमा अनूभवी र दक्ष जनशक्ति सहित १२ जनाले रोजगार पाएका छन् ।
रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आउने ग्राहकहरुका निम्ति पर्याप्त सवारी पाकिङको सुविधा छ ।

फूयालले दमकमा हिमाली होटलबाट व्यवसाय सुरु गरेका हुन् । दमकमा उनको अन्नपुर्ण होटल एण्ड गेष्ट हाउस सञ्चालनमा छ । उनी, होटल व्यवसाय दमकका कार्यसमिति सदस्य हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *