काठमाडौं, २७ असोज–कोरोना महामारी केहि मत्थर बनेका बेला भित्रिएको नेपाली चाड दशैं मनाउन सबै नेपालीले विभिन्न योजना बनाइरहेका छन् ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष दशैंमा आफन्तजनसँग भेटघाट गर्न नपाएका अधिकांश यस पटक सुरक्षाका उपाय अपनाउँदै आफन्तको भेटघाटका योजना बनाइरहेका छन् । तर, मौसमले साथ देला नदेला भन्ने संकोच पनि धेरैमा छ ।
मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० बिहान ६ बजे आजदेखि असोज २९ अर्थात् दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ ।
जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज समेत ३ दिनसम्म मौसम यस्तो रहने अनुमान (नोटः मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०ः११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनुपर्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ)
असोज २७ (आज)
दिउँसोः देशको पहाडी भूभागमा आंशिक (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
असोज २८
दिउँसोः देशका प्रदेश नं १ , २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
असोज २९
दिउँसोः देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
रातिः देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
